क्यान महासंघको साधारणसभा सम्पन्न, डिजिटल नेपाल १ महिनामै शुरु गर्ने मन्त्री बास्कोटाको भनाई

Technology Khabar १५ पुष २०७५, आईतवार

क्यान महासंघको साधारणसभा सम्पन्न, डिजिटल नेपाल १ महिनामै शुरु गर्ने मन्त्री बास्कोटाको भनाई

काठमाडौं ।

काठमाडौं । क्यान महासघंको २५ औ वार्षिक साधारणसभा पुस १४ गते काठमाडौँमा सम्पन्न भएको छ । संचार तथा सुचना प्रबिधि मन्त्री गोकुल बाँस्कोटाले साधारण सभा उद्घाटन गर्दै क्यान महासघंले संचार तथा सूचना प्रविधि क्षेत्रको विकास र विस्तारमा अझ सक्रिय भएर लाग्नु पर्ने बताए ।

डिजिटल नेपालको लक्ष्य पुरा गर्ने सन्र्दभमा केही अप्ठ्याराहरु सिर्जना हुने गरेको उल्लेख गर्दै उनले विद्युतीय कारोबार सम्बन्धी ऐनहरुलाई सहज बनाउदै लगिने बताए । मन्त्री बाँस्कोटाले डिजिटल नेपालको अभियान १ महिना भित्रै शुरु गरिने जानकारी दिए ।

अहिले मन्त्रीपरिषद् बैठक कम्युटर प्रणालीबाट संचालन गर्ने अवस्थामा आईसकेको भन्दै उनले सरकारले डिजिटल नेपालको संकल्प पुरा गरेरै छाड्ने बताए ।

सरकारले ५ बर्षे कार्ययोजनाका साथ डिजिटल नेपालको अभियानलाई अघि बढाउने त्यसका लागि नीजी क्षेत्रसंगको सहकार्यलाई प्राथमिकता दिने मन्त्रीले बताए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मल्होत्राले हाल कम्प्युटर मनिटर र मोबाइल फोन आयत गर्दा धेरै समस्या रहेको र त्यसमा सरकारलाई छिटो भन्दा छिटो उचित समाधान गरिदिन आग्रह गरे ।

क्यान महासंघ अध्यक्ष हेमन्त कुमार चौरसियाले सरकारले सहयोग गरे ७ सय ५३ वटै स्थानीय तहलाई प्रविधि मैत्री बनाउन क्यान महासंघले प्रबिधिक सहयोग गर्ने प्रतिबदता ब्यक्त गरे ।

Global Bank
easy care

प्रकाशित: १५ पुष २०७५, आईतवार

ताजा समाचार