अपटेड समाचार
Young woman looking to her smartphone while driving car - rear view, sun shines through front window

गाडी चलाउँदा मोबाइल प्रयोग गरेमा प्रहरीले कारबाही गर्ने

काठमाडौं । चालकले मोबाइलमा कुरा गर्दा पनि अधिकांश ठूला दुर्घटना भइरहेको भन्दै सानाठूला जुनसुकै सवारी चलाउँदा मोबाइल प्रयोग गरेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दोस्रो संशोधन २०७३ अनुसार कारवाही अगाडि बढाइने भएको छ ।

प्रदेश नंं ५ को दाङस्थित प्रहरी कार्यालयले सवारी चलाउँदा चालकलाई मोबाइल प्रयोग गर्न रोक लगाइएको हो ।

प्रमुख प्रहरी नायब महानिरीक्षक पीताम्बर अधिकारीले चालकले मोबाइलमा कुरा गर्दा पनि अधिकांश ठूला दुर्घटना भइरहेको भन्दै सानाठूला जुनसुकै सवारी चलाउँदा मोबाइल प्रयोग गरेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दोस्रो संशोधन २०७३ अनुसार कारवाही अगाडि बढाइने बताए ।

‘’एकपछि अर्को ठूला दुर्घटना भइरहेकाले यसलाई न्यूनीकरण गर्न प्रदेश प्रहरी कार्यालय मातहतमा रहेका सबै जिल्लामा जुनसुकै सवारी साधन चलाउँदा मोबाइलमा कुराकानी गर्न रोक लगाउने निर्णय गरेका हौँ,’ उनले भने ।

प्रहरीले दुर्घटनालाई न्यूनीकरण गर्न चालकलाई मोबाइल फोन प्रयोगमा रोक लगाउने योजना अघि सारेको छ । यसलाई कार्यान्वयन गर्न दैनिक अनुगमन तथा जाँच गरेको ट्राफिक प्रहरी नायब निरीक्षक चन्द्र केसीले बताए ।

उनका अनुसार अब कुनै पनि चालकले मोबाइल चलाउने र मोबाइलसमेत बोक्न पनि नपाउने भएका छन् । ‘यदि कुरा नै गर्नुप¥यो भने सहचालक वा गाडी धनीको मोबाइलबाट गाडी रोकेर कुरा गर्नुपर्ने नियम बनाएको छ, चालकले कुरा सकेपछि त्यो मोबाइल सम्बन्धित व्यक्तिलाई दिनुपर्ने छ,’ केसीले भने, ‘यसलाई पूर्णरुपले कार्यान्वयन गर्ने पक्षमा कडाई शुरु भएको छ ।’

प्रहरीले शुरुशुरुमा अभियानका बारेमा प्रचारप्रसार गर्ने र त्यसपछि प्रकृति हेरेर ५०० देखि एक हजार ५०० सम्म जरिवाना गर्ने जनाएको छ । प्रहरीको तथ्याङ्ले दुर्घटनाका कारण धेरै देखाउने गरेको छ ।

पहिलो कारण चालकको लापरवाही, भौगोलिक अवस्था, बाटोका अवस्था, पैदल यात्रु तथा सडक प्रयोगकर्ताको समस्या र लामो दूरीका चालकलाई बीचमा रोकेर प्रशिक्षण समेत दिने गरेको छ ।

माध्यम