हुण्डाईको विन्टर डिलाइट अफर सार्वजनिक

काठमाडौं । हुण्डाई मोटर्सको लागी नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि ले “विन्टर डिलाइट अफर” सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत आकर्षक नगद उपहार १ वर्षको निःशूल्क वीमा, रु. १,००,०००।– सम्मको एक्सचेञ्ज बोनस, रु १५०००।– सम्मको लोयल्टी बोनस तथा स्पट एक्सचेञ्ज र मुल्याङ्कन सुविधा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरी १४ शोरुम र १६ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । सबै हुण्डाईका गाडीहरु ४ वर्षको निःशूल्क सर्भिसिङ्ग ३ वर्षको सहित उपलब्ध रहेको कम्पनीले जनाएको छ ।