अंग्रेजी नयाँ बर्षमा बससेवाको अफर, अनलाइनबाट टिकट काट्दा निशुल्क यात्रा गर्न पाइने

Technology Khabar १४ पुष २०७५, शनिबार

अंग्रेजी नयाँ बर्षमा बससेवाको अफर, अनलाइनबाट टिकट काट्दा निशुल्क यात्रा गर्न पाइने
Global IME Bank

काठमाडौं ।

काठमाडौं । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको ‘बससेवा डटकमले’ अंग्रेजी नयाँ वर्ष २०१९ को अबसरमा निशुल्क बस यात्रा गर्न सकिने अफर सार्बजनिक गरेको छ ।

कम्पनीले यो योजना डिसेम्बर ३० तारिख देखि जवनरी २ तारिख २०१८ सम्म लागु हुने जनाएको छ । योजना अवधिमा हरेक दिन ५ जनाले शतप्रतिशत क्यासब्याक पाएर निशुल्क यात्रा गर्न सक्नेछन् भने अन्य ५ जनाले ५० प्रतिशत क्यासब्याक पाउनेछन् । कम्पनीका अनुसार गोलाप्रथाबाट भाग्यशाली यात्रीको छनोट गरीनेछ र उनीहरूलाई क्यासब्याक गरिनेछ ।

‘अंग्रेजी नयाँ वर्ष भएपनि यो अन्तर्राष्ट्रियरूपमा मनाइने गरेको र नेपालमा पनि यसलाई आधार मानेर कार्यक्रम हुनेहुँदा नेपाली यात्रुहरूमा नयाँ वर्षको खुसीयाली साट्नको लागि छुट योजना संचालन गरिएको हो,’ बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पि.आर खनालले भने ।

यस्तै नयाँ वर्ष मनाउन पोखरा, चितवन, लुम्बिनी लगायतका पर्यटकिय क्षेत्रमा जाने प्रचलन रहेको भन्दै यात्रुहरूका लागि यो अफर ल्याएको खनालको भनाइ छ ।

अन्य यात्रुहरूले भने अनलाइनबाट टिकट काट्दा नियमित रूपमा पाउँदै आएको १७ प्रतिशतसम्म क्यासब्याक पाउने बताईएको छ ।

बससेवामा करिब सय वटा यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् र नेपालका कुनैपनि गन्तव्यको अनलाइनबाट टिकट काट्न सकिने कम्पनीले जनाएको छ ।

Sajilo Visa

प्रकाशित: १४ पुष २०७५, शनिबार

तपाइको प्रतिक्रिया