भायनेटले “अल्ट्रा–ब्रोडब्याण्ड इन्टरनेट” नेटवर्क बनाउने, १०० एमबिपिएस माथिको स्पिड दिने

Technology Khabar १३ पुष २०७५, शुक्रबार

भायनेटले “अल्ट्रा–ब्रोडब्याण्ड इन्टरनेट” नेटवर्क बनाउने, १००  एमबिपिएस माथिको स्पिड दिने
Global IME Bank

काठमाडौं ।

काठमाडौं । इन्टरनेट र टि.भी. सेवा प्रदायक भायनेट कम्युनिकेसनले संचार र टेक्नोलोजीको क्षेत्रमा विश्व प्रख्यात नोकियासँग साझेदारीको घोषणा गरेको छ ।

नोकियासँग साझेदारीको घोषणा पछि भायनेटले २०१९ सम्ममा नेपालभर फैलिएका आफ्ना २,००,००० भन्दा बढी ग्राहकहरुका लागि अल्ट्रा–ब्रोडब्याण्डको माध्यमबाट फाइबर–टू–द–होम जडान गर्ने भएको छ ।

“अल्ट्रा–ब्रोडबाण्ड” एउटा इन्टरनेट सेवा हो जसले हरेक उपभोक्तालाई १०० एमबिपिएस भन्दा बढीको स्पिड प्रदान गर्दछ । यस साझेदारी मार्फत प्रति उपभोक्ताका लागि २.५ जिबिपिएस सम्मको नेटवर्क निमार्ण गर्न सकिने भायनेटले दाबी गरेको छ ।

यस नेटवर्क मार्फत ग्राहकहरुले इन्टरनेटको बढ्दो माग भएको एप्लिकेसन जस्तै अल्ट्रा–हाई डेफिनेसन (4k) भिडियो, IPTV, अनलाइन भिडियो स्ट्रिमिङ्ग, भर्चुअल रियालिटी र इन्टरनेट योग्य विभिन्न डिभाइसहरु सहजरुपमा र बिना रुकावट प्रयोग गर्न सक्नेछन् । नेपालमा बढ्दो इन्टरनेटको मागलाई मध्यनजर गर्दै भायनेटले आफ्ना उपभोक्ताहरुलाई सर्वोत्कृष्ट र गुणस्तरीय सेवा प्रदान गर्नको लागि यो कदम अपनाएको हो ।

नोकियाले आफ्नो नयाँ अप्टिकल नेटवर्क टर्मिनल (ONT) डिभाइस अर्थात वाइफाइ राउटर र अप्टिकल लाइन टर्मिनल (OLT) डिभाइस भायनेटलाई प्रदान गर्नेछ । कम्पनीकाअनुसार उन्नत विश्वस्तरीय पूर्वाधारका साथै नवीनतम डिभाइसहरु मार्फत भायनेटले हालको भन्दा फरक, उच्चस्तरीय र लागत प्रभावकारी अल्ट्रा–ब्रोडब्याण्ड सेवा प्रदान गर्नेछ जसले गर्दा नयाँ तथा हालका ग्राहकहरुले प्रभावकारी नेटवर्कको अनुभव गर्न सक्नेछन् ।

नेपालभर आफ्नो सेवा विस्तार गर्ने लक्ष्य राखेको भायनेटले यही पुष २ गतेबाट पोखरामा आफ्नो नयाँ शाखा खोलेको छ । नेपालको १० भन्दा बढी जिल्लाहरुमा १८ भन्दा बढी ग्राहक सेवा केन्द्र रहेको भायनेटले अर्को वर्षसम्म ४ वटा अन्य जिल्लाहरुमा आफ्नो सेवा विस्तार गर्नेछ ।

१५० भन्दा बढी कर्मचारी रहेको कल सेन्टरमार्फत भायनेटले ३६५ दिन नै २४ सै घण्टा ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको जनाएको छ । सेवा प्रदान गर्ने उद्देश्य बोकेको भायनेटले ग्राहकहरुको सहजताका लागि सेल्फ–सर्भिस क्लाइन्ट–कष्टुमर पोर्टल र कष्टुमर मोबाइल एप पनि संचालन गरेको छ ।

हाल उपलब्ध भायनेटको योजनामार्फत वार्षिक ग्राहकहरुले इन्टरनेटको प्लानमा १ वर्षको नेट टि.भी. र नेट टि.भी. सेट–टप–बक्स निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

Sajilo Visa

प्रकाशित: १३ पुष २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार