यी हुन टेलिकमको प्रबन्ध निर्देशकका आकांक्षी, को बन्ला एमडी ?

Technology Khabar १३ पुष २०७५, शुक्रबार

यी हुन टेलिकमको प्रबन्ध निर्देशकका आकांक्षी, को बन्ला एमडी ?
फाइल

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को प्रबन्ध निर्देशक (एमडी) पदका लागि ९ जनाकाे नामसहितको संक्षिप्त सूची सार्वजनिक भएको छ ।

टेलिकममा खालि रहेको प्रबन्ध निर्देशक पदको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत मंसिर २९ गते आवेदन माग गरेकोमा ११ जनाले आवेदन दिएका थिए। सो पदमा आवेदन दिनका लागि मन्त्रालयले पुस ११ गते बुधबारसम्म अन्तिम मिति तोकेको थियो ।

मन्त्रालयले सो पदमा आवेदन दिनेमध्ये ९ जनालाई मात्र संक्षिप्त सूचीमा समावेश गरेको छ । जसमा टेलिकमकै कर्मचारी, पूर्वकर्मचारीहरुको संख्या अधिक रहेको देखिन्छ ।

प्रबन्ध निर्देशकका लागि नेपाल टेलिकम भित्रबाटै सात जना कर्मचारीले आवेदन दिएका छन् । आवेदकहरुमध्ये एकजना मात्र महिलाकाे नाम रहेको छ । आवेदन दिने कर्मचारीहरुमा डा. विमल आचार्य, सनाउल्लाह खान, गोकर्ण प्रसाद सिटौला, संगिता पहाडी(अर्याल), डिल्लीराम अधिकारी, चन्द्र मोहन झा र प्रदिपराज उपाध्याय रहेका छन् । त्यस्तै कम्पनीकै पूर्व एमडी बुद्धि प्रसाद आचार्यले पनि आवेदन दिएका छन् ।

सो पदको आकांक्षीमा स्मार्ट टेलिकमका नगेन्द्र कुमार दास पनि रहेका छन् । त्यस्तै टेलिकमकै पूर्व कर्मचारी अनिल कुमार झा र रामदेव यादव पनि प्रतिस्पर्धामा छन् । आवेदकहरुमध्ये अनिल कुमार झा र रामदेव यादव संक्षिप्त सूचीमा पर्न सकेनन् ।

यसअघि सरकारले तत्कालिन प्रबन्ध निर्देशक कामिनी राजभन्डारीलाई साउन २९ गते बर्खास्त गर्ने निर्णय गरेपछि टेलिकम नेतृत्व विहिन रहँदै आएको छ । हालसम्म कामु एमडीको रुपमा सूर्यभक्त पोखरेलले जिम्मेवारी निभाउँदै आएका छन् ।

सूचीमा समावेश भएकाहरुले आफ्नो व्यवसायीक योजना प्रस्तुती र अन्तरवार्तामा सहभागी हुनुपर्नेछ । सोहि आधारमा एमडी सिफारिस समितिले सरकारलाई तीनजनाको नाम सुझाव गर्नेछ । । सोहि मध्येबाट एक जनालाई सरकारले एमडी नियुक्त गर्नेछ ।

easy care

प्रकाशित: १३ पुष २०७५, शुक्रबार