प्रिटिङ्ग, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो चैत २८ देखि हुँदै

Technology Khabar १२ पुष २०७५, बिहीबार

प्रिटिङ्ग, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो चैत २८ देखि हुँदै

काठमाडौं ।

काठमाडौं । नेपाल फोटो पत्रकार महासंघले प्रिटिङ्ग, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी बारेमा जानकारी दिन एक्स्पो आयोजना गर्ने भएको छ ।

महांसघले ईआरएम र मेसे इन्डियासंगको सहकार्यमा आउदो चैत २८ गते देखि ३० गते सम्म काठमाडौंको टुँडिखेलमा प्रिटिङ्ग, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो संचालन गर्ने भएको हो ।

एक्स्पोको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपालमा रहेका संचार माध्यम तथा तिसंग सम्बन्धित विभिन्न प्रविधिहरुलाई एक्स्पोको माध्यमबाट एउटै छातामुनि ल्याई त्यसको प्रचार–प्रसार र प्रयोगमा सघाउ पु¥याउने उद्धेश्यले एक्स्पो आयोजना गरिने बताईयो ।

साे एक्स्पोमा विभिन्न क्षेत्रमा प्रयोग गरिने प्रिन्टिर, फोटोग्राफी, मिडिया संग सम्बन्धीत ऐतिहासिक वस्तुहरु, अन्तराष्ट्रिय कम्पनीहरुद्धारा उत्पादित क्यामेरा, ल्याप्टप, मोबाईलहरु प्रर्दशनी तथा विक्रीमा राखिने छ । साथै एक्स्पोमा जापान, चीन, भारत, कोरिया, अमेरिका, जर्मनी लगाएत देशका उत्पादक कम्पनीहरुले सहभागिता जनाउने आयोजकले बताएको छ ।

easy care

प्रकाशित: १२ पुष २०७५, बिहीबार