ह्वावे नोभा थ्री आईको मूल्य घट्यो, अब ३६ हजार रुपैयाँमै किन्न पाईने

Technology Khabar ११ पुष २०७५, बुधबार

ह्वावे नोभा थ्री आईको मूल्य घट्यो, अब ३६ हजार रुपैयाँमै किन्न पाईने
Global IME Bank

काठमाडौं ।

काठमाडौँ । ह्वावेले नोभा थ्री आई मोबाइल फोनको मूल्य नेपाली बजारमा घटाएको छ । कम्पनीले यो स्मार्टफोनमा करिब ३ हजार रुपैयाँ मूल्य घटाएको हो ।

यसअघि ३८ हजार ९०० रुपैयाँमा उपलब्ध हुने स्मार्टफोन नोभा थ्री आई अब ३५ हजार ९९० रुपैयाँमा किन्न सकिने कम्पनीले जानकारी दिएको छ । यो अफर सीमित समयसम्मका लागि आजदेखि लागू हुने कम्पनीले जनाएको छ।

सन् २०१८को जुलाईमा यो स्मार्टफोन सार्वजनिक गरिएको थियो।

नोभा थ्री आईका विशेषताहरू-

रियर क्यामरा
नोभा थ्री आईमा शक्तिशाली रियर क्यामराहरू पनि रहेको छ। रियर क्यामरामा १६ एमपीको प्राइमरी सेन्सर तथा २ एमपीको सेकेण्डरी सेन्सर पनि छ । प्राइमरी सेन्सरले स्पष्ट तस्वीरहरू र भिडिओहरू खिच्दछ भने सेकेण्डरी क्यामराले न्याचुरल देखिने तस्वीरहरू खिच्दछ ।

डुअल फ्रन्ट फेसिङ क्यामरा
नोभा थ्री आई मा २४ एमपी प्राइमरी क्यामरा तथा २ एमपीको सेकेण्डरी क्यामरा रहेको छ । प्राइमरी क्यामराले निकै स्पष्टताका साथ तस्वीरहरू कैद गर्दछ भने सेकेण्डरी क्यामराले डेप्थ डेटा लिन सघाउँछ।

चार अलक्वाड क्यामरा सेटअप
ह्वावे नोभा थ्री आईमा उच्च क्षमताका क्यामराहरू छन् । त्यतिमात्र नभई आर्टि्भिसल इन्टेलिजन्स( एआई क्षमताहरू भएको एसओसी जडित छ जसले सेल्फी खिच्ने अनुभवलाई एउटा पूरै नयाँ स्तरमा पु¥याउँछ ।

सिन चिन्ने क्षमता
ह्वावे नोभा थ्री आईमा सीन रेकग्निशन चिन्ने क्षमता छ । ह्वावे नोभा थ्री आई ले २२ वटा विभिन्न समूहरूअन्तर्गतको पाँच सयभन्दा पनि बढी सिनहरू चिन्दछ र उत्कृष्ट तस्वीहरू खिच्न सघाउँछ ।

डिस्प्ले
यो स्मार्टफोनमा ६.३ ईन्च एफएचडी (२३४०×१०८०) १९.५ः९ को फूल भ्यू रहेको छ । यी विशेषताहरुका कारण नोभा थ्री आईले ठूलो र स्पष्ट फोटोहरू खिच्दछन्। साथै अघिल्ला संस्करणका स्मार्टफोनहरूभन्दा नोभा थ्री आई आकर्षक र पातलो पनि छ।

उपलब्ध रंगहरु
नोभा थ्री आई विभिन्न आकर्षक रङहरूमा उपलब्ध छः आइरिस पर्पल, ग्रेडियन्ट कलर, रातो र सेतो ।

डिजाइन
नोभा थ्री आईमा स्मुथ डबल कर्भ ग्लास प्यानल रहेको छ र नानो टेक्सचर्ड इभेक्ट भएकाले ब्याक प्यानल झनै आकर्षक छ ।

एआई अग्मन्टेड प्रदर्शन
नोभा थ्री आईमा किरिन एसओसी जडित छ। दुईवटा एसओसीहरूले ह्वावेका पछिल्ला एआई क्षमताहरूलाई सपोर्ट गर्दछ साथै सबैभन्दा अग्रणी ईमेज प्रोसेसिङ स्पीड तथा एकुरसी छ जसले प्रयोगकर्ताहरूलाई हाई–टेक अनुभव प्रदान गर्छ ।

किरिन ७१० एसओसी
ह्वावे नोभा थ्री आईमा भने किरिन ७१० एसओसी जडित छ जुन ह्वावेको पहिलो १२ एनएम चिप हो । यसमा सुधारिएको ईमेज सिग्नल प्रोसेसर–आइएसपी राखिएको छ तथा भिडियो प्रोसेसिङका लागि डिजिटल सिग्नल प्रोसेसर–डीएसपी रहेको छ जसकारण नोभा थ्री आईमा उत्कृष्ट फोटो खिच्ने क्षमता प्रदान गर्दछ । थप स्थिर गेमिङ अनुभवका लागि नोभा थ्री आईले ग्राफिक्स प्रोसेसिङ एक्सलेटर प्रविधि–जीपीयू टर्बो सपोर्ट गर्दछ ।

इएमयूआई ८.२
ह्वावे नोभा थ्री आई एन्ड्रोइड ओमा आधारित इएमयूआई ८.२ सफ्टवेयर सिस्टम रहेको छ जसले विभिन्न विशेषताहरूबाट स्वतन्त्र रूपमा एआईको अनुभव गर्न सघाउँछन् ।

ब्याट्री
नन रिमुभेवल ३३४० एमएएच

Sajilo Visa

प्रकाशित: ११ पुष २०७५, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार