हिमस्टारद्वारा नयाँ हेलोजिन हिटर सार्वजनिक

Technology Khabar १० पुष २०७५, मंगलवार

हिमस्टारद्वारा नयाँ हेलोजिन हिटर सार्वजनिक

काठमाडौं ।

काठमाडौं । गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले जाडो मौसमलाई लक्षित गरी नयाँ हिटरहरु सार्वजनिक गरेको छ । जाडो मौसममा तातो राख्न विभिन्न तीन मोडलहरु सार्वजनिक गरेको छ ।

४००, ८००, १२०० वाटका रहेका उक्त हिटरहरु सबै पोर्टेबल आकारमा छन्, जसले प्रयोगकर्ताहरुलाई वरपर अथवा चारैतिर लैजान सहज हुनेछ । यसबाहेक, सबै तीन मोडलहरूमा वाईड अस्किलेटिंग फंक्शन रहेको छ जसले तापलाई चारैतिर फैलाउँछ ।

सबै मोडेलहरूमा सुरक्षा टिप-ओभर स्विच राखिएको छ र त्यो सबै प्लास्टिक र धातुको कभरमा आउँछ । हेलोजिन हिटरहरूका यी तीन मोडलहरूमा १ वर्ष वारंटी दिईएको कम्पनीले जानकारी दिएको छ ।

easy care

प्रकाशित: १० पुष २०७५, मंगलवार