मोबाइल वालेट दूरुपयोगको अभियोगमा एक जना पक्राउ

Technology Khabar १० पुष २०७५, मंगलवार

मोबाइल वालेट दूरुपयोगको अभियोगमा एक जना पक्राउ
Global IME Bank

काठमाडौं ।

काठमाडौं । मोबाइल वालेटको प्रयोग गरि अनधिकृतरुपमा रकम जम्मा गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

इसेवा लगायत इबैकिङ प्रणालीको दुरुपयोग गरेको अभियोगमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–१३ पेप्सीकोला बस्ने ४९ वर्षीय सञ्जयकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले राष्ट्रिय बाणिज्य बैंकमा युएसडी कार्ड प्रयोग गरी रकम निकाल्ने र जम्मा गर्दै आएका थिए ।

प्रहरीका अनुसार श्रेष्ठले उक्त बैंकमा खाता खोली ई बैंकिङ, मोबाईल बैंकिङ र ईसेवा वालेट जस्ता विद्युतीय उपकरण प्रयोग गरी अनाधिकृत रुपमा आफ्नो खातामा रकम जम्मा गरेको पाईएको छ । श्रेष्ठले अनाधिकृत रुपमा आफ्नो खातामा रकम जम्मा गर्ने र भुक्तानीका लागि एटिएम तथा पोस मेसिनहरु प्रयोग गर्ने गरेको प्रहरीको बयानमा खुलेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई उच्च अदालत पाटनबाट ७ दिनको म्याद लिई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बममोजिम अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

श्रेष्ठले बैंकको आफ्नो खातामा बैंककको सिबिएस सिस्टम मार्फत नेपाली १ रुपैयाँ ट्रान्सफर गर्दा डलर १ नै जम्मा हुने गरी करिब ७८ हजार ३ सय ८० रुपैयाँ रकम जम्मा गरेको अनुसन्धानमा खुल्न आएको बताईएको छ ।

Sajilo Visa

प्रकाशित: १० पुष २०७५, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार