विदेशबाट आउने कलको आम्दानी र डाटाको आम्दानी घट्दै, दुई ठूला टेलिकम कम्पनीले अर्बौ गुमाए

काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले इन्टरनेशनल लङ्ग डिस्टेन्स (आईएलडी) अर्थात विदेशबाट आउने कलको आम्दानी र ब्रोडब्याण्ड इन्टरनेट/मोवाइल डाटा दुबैमा आम्दानी गुमाएको छ ।

सरकार र सर्वसाधारणको शेयर रहेको टेलिकमले नेपाल दुरसञ्चार प्राधिकरणमा बुझाएको आर्थिक वर्ष २०७४/०७५ को आर्थिक विवरणअनुसार टेलिकमको आईएलडीमार्फत हुने आम्दानी अघिल्लो आव २०७३/०७४ को तुलनामा करिब एक अर्ब रुपैयाँ गुमाएको छ ।

त्यस्तै डाटातर्फ पनि अघिल्लो आवको तुलनामा करिब १० करोड रुपैयाँ कम आम्दानी भएको देखिन्छ । तर टेलिकमको प्रतिस्पर्धी टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलले भने डाटाबाट नै आव २०७३/०७४ को तुलनामा करिब दुई अर्ब रुपैयाँ बढी कमाएको छ ।

प्राधिकरणमा कम्पनीहरुले बुझाएको वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार टेलिकमले आव २०७४/०७५ मा आइएलडीमार्फत कुल ८ अर्ब चार करोड ४१ लाख आम्दानी गरेको छ । त्यस्तै इन्टरनेट/डाटामार्फत सात अर्ब ८१ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको देखिन्छ । यसअघि आव २०७३/०७४ टेलिकमकले सोहि शिर्षकमार्फत क्रमशः ९ अर्ब तिन करोड १२ लाख र ७ अर्ब ९० करोड ८४ लाख आम्दानी गरेको थियो ।

टेलिकमका साथै आइएलडीमा यो वर्ष एनसेलले पनि ठुलो आम्दानी गुमाएको छ । एनसेलले आव २०७४/०७५ मा आईएलडीमार्फत १४ अर्ब ८ करोड १३ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ । जुन अघिल्लो आव २०७३/०७४ को तुलनामा दुई अर्ब १२ करोड ८२ लाख कम हो । आव २०७३/०७४ मा एनसेलले १७ अर्ब ९६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

तर, एनसेलले आईएलडीमार्फत गुमाएको आम्दानी डाटामार्फत परिपूर्ति गरेको देखिन्छ । डाटामार्फत एनसेलले आव २०७३/०७४को तुलनामा एक अर्ब ८ करोड २६ लाख रुपैयाँ बढी आम्दानी गरेको छ ।

आर्थिक प्रतिवेदनअनुसार दुई ठूला कम्पनीले विदेशबाट आउने कलको शुल्कबापत गर्ने आम्दानीमार्फत यो वर्ष कुल तीन अर्ब ११ करोड ५४ लाख गुमाएका छन् ।

Cheap Sex Cam Website