नेपालको फिस्क्ड ब्रोडब्याण्ड निकै सस्तो भएको आईटियूको रिपोर्ट, सरकारी हस्तक्षेप नहुँदा मूल्य कम

Technology Khabar ९ पुष २०७५, सोमबार

नेपालको फिस्क्ड ब्रोडब्याण्ड निकै सस्तो भएको आईटियूको रिपोर्ट, सरकारी हस्तक्षेप नहुँदा मूल्य कम

काठमाडौं ।

काठमाडौं । इन्टरनेटको मूल्य स्वदेशमा निकै महंगो भएको गूनासो आईरहँदा नेपालको फिक्स्ड इन्टरनेटको मूल्य अतिकम विकसित देशहरुका साथ साथै एशिया र प्यासिफिक क्षेत्र मध्ये निकै सस्तो भएको रिपोर्ट सार्वजनिक भएको छ ।

हालै इन्टरनेशनल टेलिकम्यूनिकेसन यूनियन(आईटियू) ले सार्वजनिक गरेको रिपोर्टअनुसार सन् २०१७ मा नेपालको फिक्स्ड ब्रोडब्याण्ड सेवाको मूल्य निकै सस्तो भएको देखाएको छ ।

आईटियूले हालै सार्वजनिक गरेको मिजरिंग दि इन्फर्मेशन सोसाईटी २०१८ रिपोर्टअनुसार अधिकांश अति कम विकसित मुलुकहरुमा फिक्स्ड ब्रोडब्याण्डको मूल्य आईटियूले तोकेको भन्दा अत्यधिक धेरै भएपनि नेपाल लगायतका केहि मुलुकहरुको दर भने सो भन्दा कम रहेको देखिएको छ ।

अति विकसित मुलुकहरुमध्ये अधिकांश मुलुकहरुको फिक्स्ड ब्रोडब्याण्ड मूल्य उनीहरुको ग्रस नेशनल इनकमको आधारमा हेर्दा २० प्रतिशत भन्दा धेरै भएको रिपोर्टमा उल्लेख छ । तर त्यहि बिचमा तीन वटा देशहरु बंगलादेश, भुटान र नेपालले भने उल्लेख्य सफलता पाएको बताईएको छ । यी तीन वटै देशहरुको फिक्स्ड ब्रोडब्याण्डको मूल्य ५ प्रतिशत भन्दा कम रहेको छ ।

नेपालको फिक्स्ड ब्रोडब्याण्डको मूल्य ८ डलर भन्दा कम अर्थात २.८७ अमेरिकी डलर प्रति महिना रहेको छ भने बंगलादेशको ४.२९ अमेरिकी डलर तथा भुटानको ८.०५ अमेरिकी डलर रहेको छ ।

त्यसैगरि फिक्स्ड ब्रोडब्याण्डको मूल्यलाई ग्रस नेशनल इनकमसँगको तुलनामा हेर्दा नेपालको फिक्स्ड ब्रोडब्याण्डको मूल्य ४.३६ रहेको देखिएको छ । यो प्रतिशतसँग नेपाल कुल १८४ देशहरुमध्ये १०० औं सूचीमा रहेको छ भने बंगलादेश ३.५ प्रतिशतसहित ८८ औं स्थानमा तथा भूटान ३.५५ प्रतिशतसहित ८९ औं स्थानमा रहेको छ ।

रिपोर्टले एशिया र प्यासिफिक क्षेत्रमा नेपाल जस्ता न्यून आय भएको देशहरुमा पनि सूपथ मूल्यको फिक्स्ड ब्रोडब्याण्ड मूल्य हुनुमा मासिक ५ अमेरिकी डलरभन्दा कम मूल्य हुनु कारक रहेको छ। त्यस्तै रिपोर्टकाअनुसार इन्ट्रि लेभलको फिक्स्ड ब्रोडब्याण्ड मूल्य तोकिनुमा संभवत सरकारको प्रत्यक्ष हस्तक्षेप नहुनु नै रहेको छ ।

सो रिपोर्टमा नेपालको फिक्स्ड ब्रोडब्याण्डको लिमिट १५ जीबी मासिक रहेको उल्लेख छ भने नेपालमा ५१२ केबीदेखि २ एमबीपीएससम्मको गतिमा इन्टरनेट चल्ने गरेको उल्लेख छ।

सो रिपोर्टमा एशियामा सबैभन्दा महंगो र जनताहरुले उपयोग गर्न नसक्ने फिक्स्ड ब्रोडब्याण्ड सेवा अफगानिस्तान, किरिबाटी, सोलोमन आइल्याण्ड्स, टिमोर लेस्टे र भानौटू जस्ता अतिकम विकसित मुलुकहरु रहेका छन् ।

MISR-2018-Vol-1-E

easy care

प्रकाशित: ९ पुष २०७५, सोमबार

ताजा समाचार