शाओमीको बजेट स्मार्टफोन एमआई प्ले सार्वजनिक,वाटरड्रप नोच र फिंगरप्रिन्ट सेन्सर

Technology Khabar ९ पुष २०७५, सोमबार

शाओमीको बजेट स्मार्टफोन एमआई प्ले सार्वजनिक,वाटरड्रप नोच र फिंगरप्रिन्ट सेन्सर

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर शाओमीले सन् २०१८ को अन्त्य हुँदै गर्दा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले एमआई प्ले (Xiaomi Mi Play) नामक वाटरड्रप नोच डिजाइन सहितको स्मार्टफोन ल्याएको हो । ग्रेडिएन्ट फिनिस भएको लेमिनेटेड ब्याकका साथमा उपलब्ध यो स्मार्टफोनको पछाडिको भागमा लाइट पर्दा निकै चहकिलो देखिन्छ ।

यो स्मार्टफोनमा मिडियाटेकको हेलियो पी३५ प्रोसेसर राखिएको छ भने ४ जीबी र्याम र ६४ जीबी स्टोरेज राखिएको छ । यसको स्टोरेजलाई बढाएर २५६ जीबीसम्म पुर्याउन सकिन्छ ।

एमआई प्लेमा ५.८४ इन्चको फूलएचडी प्लस डिस्प्ले राखिएको छ, जसको एस्पेक्ट रेशियो १९ः९ रहेको छ ।

फोटोग्राफीका लागि फोनमा ड्यूल रियर क्यामरा सेटअप छ । जसमा १२ मेगापिकसेकलो प्राइमरी सेन्सरका साथै २ मेगापिक्सेलको अर्को सेन्सर रहेको छ । त्यस्तै रियर क्यामराका साथमा एलईडी फ्ल्याश राखिएको छ । सेल्फीका लागि भने एमआई प्लेमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ ।

कनेक्टिभटीका लागि फोरजी भीओएलटिई, वाईफाई, जीपीएस, यूएसबी टाइप सी पोर्ट रहेको छ ।

एक्सेलेरोमीटर, जायरोस्कोपलगायतका सेन्सर भएको फोनको रियरमा फिंगरप्रिन्ट सेन्सर राखिएको छ ।फोनमा पावरका लागि ३,००० एमएएचको ब्याट्री प्याक छ ।

शाओमी एमआई प्ले स्मार्टफोन हाल चीनमा मात्र उपलब्ध रहेको छ जून ट्वाईलाईट गोल्ड, फ्यान्टासी ब्लू र ब्ल्याक कलर अप्सनमा आउँछ ।

बजेट स्मार्टफोनको रुपमा सार्वजनिक भएको शाओमी एमआई प्ले स्मार्टफोनको मूल्य चीनमा १,९९ चिनियाँ यूआन छ, जून नेपाली रुपैयाँमा यो मूल्य करिब १८ हजार रुपैयाँ पर्दछ ।

नेपाली बजारमा यो फोन कहिले लन्च हुन्छ त्यसबारेमा भने अहिले केहि जानकारी छैन् ।

easy care

प्रकाशित: ९ पुष २०७५, सोमबार