Technology Khabar ८ पुष २०७५, आईतवार
काठमाडौं ।
काठमाडौं । सबैभन्दा बढि सेवा समेटिएको मोबाइल एप रिचार्जरको नयाँ भर्सन अपडेट भएको छ । यसै उपलक्ष्यमा नयाँ भर्सन अपडेटसँगै क्रिमस डेको अवसर पारेर रिचार्जरले ४ वटा आकर्षक अफर सञ्चालन गर्ने भएको छ ।
त्यसै गरी ४९९ रुपैंयामा किप्याड मोबाइल खरिद गर्न रिचार्जरका प्रयोगकर्ताले डिसेम्बर २३ तारिख आइतबारका दिन दिउँसो १ बजेदेखि ४ बजेसम्ममा अर्डर गर्नु पर्ने बताइएको छ ।
रिचार्जरका प्रबन्ध निर्देशक टीकाराम बुढाथोकीका अनुसार १ रुपैंयाँमा क्रिसमस क्याप खरिद गर्नका लागि युजरसँग १ सय ५० क्यास व्याक प्वाइन्ट जम्मा भएको हुनुपर्छ । एप स्टोर तथा गुगल प्लेबाट रिचार्जर एप डाउनलोड गरेर खाता खोल्नासाथ एक सय क्यासव्याक पाइने बुडाथोकीले बताए । यसका अलावा जति रकमको मोबाइल रिचार्ज गरिन्छ, त्यतिनै क्यास व्याक पाइने उनले जानकारी दिए ।
त्यसै गरी ४९९ रुपैंयामा मोबाइल खरिद गर्नका लागि ५०० क्यासव्याक आवश्यक पर्ने रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले बताए । मोबाइल रिचार्ज गर्दा प्राप्त हुने क्यास व्याक प्वाइन्ट नो डिस्काउण्ट प्रोडक्टमा छुटका रुपमा प्रयोग गर्न सकिने कम्पनीको दाबी छ ।
यसका साथै रिचार्जरबाट मुलुकभरका विभिन्न रेष्टुरेण्टहरुमा बिल भुक्तान गर्दा २० प्रतिशत छुट पाइने छ । यो अफर किग्ंस लाउन्ज दरबारमार्ग, दरबार लाउन्ज दरबारमार्ग, जीप्सी पप ठमेल, एला लाउन्ज ललितपुर, दरबार लाउन्ज पोखरा, दरबार लाउन्ज बुटवल, हाईभ लाउन्ज केएल टावर, रोयल ईम्पायर बुटीक होटल बालुवाटार, होटल लोकल सिद्धार्थनगर भैरवामा लागू हुनेछ । क्लब टट्रल लाउन्ज ठमेल तथा भिक्ट्री लाउन्ज दरबारमार्गमा प्राईभेट पार्टी बाहेकका दिनमा प्रवेश निशुल्क हुनुका साथै बिलमा २० प्रतिशत छुट पाइनेछ ।
साथै एप्पल वल्र्ड मोबाइल दरबारमार्ग, सिटिसी मोबाइल हब सुनधारा, केल मोबाइल हब चाबहिल र सिटिभि मोबाइल पसल नम्बर ११३, ताम्राकार कम्प्लेक्समा मोबाइल सर्भिस गरी आफ्नो मोबाइलमा रिचार्जरको एकाउण्ट शो गर्दा ३० प्रतिशत छुट पाइने रिचार्जरका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।
नेपालका साथै विभिन्न मुलुकमा शाखा रहेको बराह ज्वेलरीमा सुन, चाँदी खरीद तथा गहनामा बनावटमा ३० प्रतिशत छुट पाउने छन् ।
रिचार्जरको वेबसाइटमा नभई मोबाइल एपमा मात्र यो अफर लागू हुने छ । अफरहरु नेपाल भरी लागू हुनेछन् । क्रिसमस क्याप भने सेवाग्राहीले दरबारमार्गस्थित मर्कन्टाइल प्लाजामा रहेको रिचार्जरको कार्यालयबाट संकलन गर्नु पर्ने हुन्छ । उल्लेखित अफरहरु रिचार्जरको एपमा एक जनाका लागि एक पटक मात्र लागू हुने कम्पनीले जनाएको छ ।
प्रकाशित: ८ पुष २०७५, आईतवार