म्याकक्याफेका नयाँ भर्सनका एन्टिभाइरस तथा इन्टरनेट सेक्युरिटी प्रडक्ट नेपाली बजारमा

Technology Khabar ६ पुष २०७५, शुक्रबार

म्याकक्याफेका नयाँ भर्सनका एन्टिभाइरस तथा इन्टरनेट सेक्युरिटी प्रडक्ट नेपाली बजारमा

काठमाडौं ।

काठमाडौं । म्याकक्याफे एन्टिभाइरस तथा इन्टरनेट सेक्युरिटी प्रडक्टहरु अझ परिमार्जित र अपडेटेड भर्सनमा नेपाली बजारमा सार्वजनिक गरिएको छ । विहिबार एक विशेष कार्यक्रमको आयोजना गरि म्याकक्याफेका ४ वटा नयाँ प्रडक्टहरु सार्वजनिक गरिएको हो ।

म्याकक्याफेका साउथ एसिया विजनेश म्यानेजर सन्दिप धर, प्रडक्ट म्यानेजर सर्भेस बासुत्कार, स्वेता कम्प्युटर भारतका एमडी ललित कोथारी र क्यान महासंघका महासचिव रञ्जित पोदार र नेपालको लागि आधिकारिक बिक्रेता एलिना इन्फोटेकका एमडी राजन यादवले संयुक्तरुपमा प्रडक्ट सार्वजनिक गरे।

कम्पनीले एन्टिभाइस, इन्टरनेट सेक्युरिटी, टोटल सेक्युरिटी र मोवाइल सेक्युरिटी गरि ४ प्रडक्टहरु सार्वजनिक गरेको हो ।

डिजिटल युगमा सेक्युरिटी त्यत्तिकै चुनौतीको विषय बनिरहेको सन्दर्भमा म्याकक्याफेले दैनिक डिजिटल लाइफलाई सुरक्षित बनाउने नेपालमा म्याकक्याफेका उत्पादनहरु बिक्री गर्दै आएको एलिना इन्फोटेकका एमडी राजन यादवले बताए ।

बजार मुल्य अन्य सेक्युरिटी प्रडक्टको तुलनामा कम भएपनि यसको विशेषता र सर्पोट एकदमै राम्रो रहेको उनले दाबी गरे ।

विश्वमा नै उत्कृष्ट सेक्युरिटी प्रडक्टमा सुचिकृत यो नेपालको लागि पनि विश्वासिलो प्रडक्ट रहेको साउथ एसिया म्यानेजर सन्दिप धरले बताए ।

‘हाम्रो दैनिक जिवनशैलीमा प्रयोग गर्ने डिजिटल डिभाइसहरुबाट यसले सुरक्षित राख्नेछ । ‘लाइभ केयरफ्रि विथ म्याकक्याफे’ योजना अन्तगर्त एन्टि स्पाम, वेब एड्भाइजर, प्यारेन्टल कन्ट्रोल, पासवर्ड म्यानेजर, फाइल लक तथा एन्टिभाइरसका विशेषता रहेका छन । यसमा नेक्ष्ट जेन एभि विथ रियल प्रोटेक्टको सुविधा रहेको छ । यसैगरी ग्लोबल थ्रेट इन्टेलिजेन्जले कुनै रिस्कहरु नोटिफाइ गर्दछ,’ उनले भने ।

विश्वमा ४५० मिलियन मानिसहरुले म्याक्याफे प्रडक्ट प्रयोग गरिरहेका छन् । नेपालमा पनि यसको बजार बिस्तार गर्ने कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ६ पुष २०७५, शुक्रबार

ताजा समाचार