यी हुन विश्वका तिब्र गतिको इन्टरनेट उपलब्ध भएका देश, नेपाल भने निकै पछाडि

Technology Khabar ५ पुष २०७५, बिहीबार

यी हुन विश्वका तिब्र गतिको इन्टरनेट उपलब्ध भएका देश, नेपाल भने निकै पछाडि

काठमाडौं ।

काठमाडौं । विश्वमा तिब्र गतिको इन्टरनेट उपलब्ध भएका देशहरुको सूची सार्वजनिक भएको छ । विश्वभर मोबाइल र फिक्स्ड इन्टरनेटको गति मापन गर्ने ओक्लाले हालै सन् २०१८ का तिब्र इन्टरनेट सेवा उपलब्ध भएको देशहरुको सूची सार्वजनिक गरेको छ ।

सो सूचीअनुसार विश्वमा सबैभन्दा तिब्र गतिको इन्टरनेट नर्वेमा उपलब्ध रहेको छ, जहाँ मोबाइलमा औसत डाउनलोड स्पीड ६३.१९ एमबीपिएस रहेको छ । त्यस्तै सो सूचीको दोस्रो नम्बरमा आइसल्याण्ड छ भने तेस्रो नम्बरमा कतार रहेको छ । कतारमा मोबाइलमार्फत हुने डाउनलोडको स्पीड ५५.१७ एमबीपिएस रहेको छ । त्यसैगरि चौथो नम्बरमा सिंगापुर छ भने पाँचौ नम्बरमा नेदरल्याण्ड छ, जहाँ ५३.४२ एबीपिएसको मोबाइल डाउनलोड स्पीड छ ।

ओक्लाले गरेको स्पीड टेस्ट(स्पिड टेस्ट इन्टेलिजेन्स)अनुसार तिब्र फिक्स्ड इन्टरनेट स्पिड भएको देशको सूचीमा पहिलो नम्बरमा सिंगापुर छ, जहाँ १७५.१३ एमबीपीएसको इन्टरनेट सेवा उपलब्ध छ । त्यस्तै आइसल्याण्ड, हंगकंग, दक्षिण कोरिया र रोमानिया यो सूचीको क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं नम्बरमा रहेका छ । पाँचौं स्थानमा रहेको रोमानियमा भने १०९.९० एमबीपिएसको इन्टरनेट स्पीड रहेको छ ।

सो रिपोर्टअनुसार सन् २०१८ मा तिब्ररुपमा विश्वभर फोरजी सेवा बिस्तार भएको छ । जसले गर्दा फोरजी इन्टरनेट स्पीडमा पनि वृद्धि भएको छ ।

ओक्लाको रिपोर्टअनुसार इन्टरनेट प्रयोगकर्ताहरुको व्यवहारको बारेमा पनि अध्ययन गरिएको छ । जसअनुसार विश्वभर मोबाइल र फिस्क्ड ब्रोडब्याण्ड दूबैमा बेलुकी ९ बजेपछि सबैभन्दा उच्चतहमा इन्टरनेट सेवा प्रयोग हुने गर्दछ भने बिहानको ४ बजे सबैभन्दा न्यून मात्रामा इन्टरनेटको प्रयोग हुने गरेको उल्लेख छ ।

स्पिड टेष्ट इन्डेक्स अनुसार सन् २०१८ मा नेपालको मोबाइल इन्टरनेट स्पिडमा केहि मात्र सुधार भएको छ भने फिक्स्ड नेटवर्कको अवस्था अघिल्लो वर्षकै जस्तो रहेको छ ।

तर नोभेम्बर महिनामा भने नेपाल मोबाइल ब्रोडब्याण्डको प्रयोगमा ११६ औं स्थानमा छ । नोभेम्बरमा नेपालको मोबाइल इन्टरनेट डाउनलोड औसतमा ८.८८ एबिपीएस छ भने अपलोड स्पीड ४.३४ एमबीपिएस मात्रै छ ।

त्यस्तै फिक्स्ड इन्टरनेट स्पीडको आधारमा हेर्दा नेपाल ८६ औं स्थानमा रहेको छ । फिक्स्ड इन्टरनेट डाउनलोड स्पीड औसतमा १६.६६ एमबीपीएस मात्र रहेकोछ ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ५ पुष २०७५, बिहीबार

ताजा समाचार