स्मार्टफोन मेकर जियोनी वित्तियरुपमा टाट पल्टियो, ३ बिलियन डलर ऋण तिर्न बाँकी

Technology Khabar ५ पुष २०७५, बिहीबार

स्मार्टफोन मेकर जियोनी वित्तियरुपमा टाट पल्टियो, ३ बिलियन डलर ऋण तिर्न बाँकी
Global IME Bank

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी कम्पनी जियोनी वित्तिय रुपमा टाट पल्टिएको छ । निकै समयअघिदेखि वित्तिय समस्यामा परेको कम्पनीले हाल आधिकारिकरुपमा नै आफू टाट पल्टिएको घोषणा गरेको छ ।

चीनको सेनझेनको एक अदालतले कुनैबेलाको चर्चित स्मार्टफोन मेकर कम्पनी जियोनीलाई टाट पल्टिएको घोषणा गर्दै खारेजीको प्रकृयामा लान अनुमति दिएको छ । जियोनीलाई ऋण दिएको हाउजिन बैंकले दिएको निवेदनको आधारमा अदालतले सो फैसला गरेको हो । कम्पनीले गत साता मात्र रिस्ट्रक्चरिंग कन्सल्ट्यान्ट नियुक्त गरेको थियो ।

कम्पनीका संस्थापक लिउ लिरोंगले आगामी ३ देखि ५ वर्षभित्र पुन कम्पनीको साख र ख्याती फिर्ता हुने सोचमा छन् ।

तर जे भएपनि कम्पनीले ६४८ ऋणीहरुलाई करिब २०.२ बिलियन चिनियाँ यूआन(३ बिलियन डलर) दिनुपर्ने छ ।

जसमध्ये आधा भन्दा बढि त बैंकहरुको नै छ । यो वर्षको शुरुवातमा नै कम्पनीले ऋणीहरुको रकम फिर्ता गर्न असफल भएको थियो । अझ विज्ञापन एजेन्सीहरुलाई पनि अझै भुक्तानी गरिएको छैन् ।

जियोनीमा वित्तिय समस्या त्यतिबेला आएको थियो जतिबेला कम्पनीका संस्थापक तथा चेयरम्यान लिउले क्यासिनोमा जुवाखेल्दा १ बिलियन चिनियाँ यूआन गुमाएका थिए । उनले गूमाएको रकम करिब १४४ अमेरिकी डलर बराबर हुन्छ । तर उनले भने कम्पनीको रकम नचलाएको दाबीगर्दै आएका छन् ।

संस्थापक लीउले कम्पनी सन् २०१३ देखि २०१५ को बिचमा १०० मिलियन यूआनसहित घाटामा गएको हुँदा समस्या परेको दाबी गरेका छन् ।

Sajilo Visa

प्रकाशित: ५ पुष २०७५, बिहीबार

तपाइको प्रतिक्रिया