इटालीयन सूपरबाइक कम्पनी डुकाटीले भारतमा पुराना मोटरसाइकल बेच्ने

Technology Khabar २ पुष २०७५, सोमबार

इटालीयन सूपरबाइक कम्पनी डुकाटीले भारतमा पुराना मोटरसाइकल बेच्ने
Global IME Bank

काठमाडौं ।

काठमाडौं । इटालीयन सूपरबाइक निर्माता कम्पनी डुकाटीले भारतमा ‘डुकाटी अप्रूभ्ड प्रोग्राम’ शुरु गरेको छ । कम्पनीले नयाँ कार्यक्रमअन्तरगत भारतमा पुराना मोटरसाइकलको बजार प्री ओन्ड मा आफ्नो कदम बढाएको छ ।

कम्पनीले यो कार्यक्रमअन्तरगत, पाँच वर्षभन्दा कम पुराना अर्थात प्रयोगकर्ताले किनेको पाँच वर्ष नपुगेको मोटरसाइकलहरुको बिक्री गर्नेछ ।

यस्तो किसिमको मोटरसाइकलहरु ५० हजार किलोमिटरभन्दा कम चलेका हुनेछन भने यी वाहनहरुको बिक्री थ्रीएस प्रविधिबाट परिक्षण गरिसकेपछि मात्र बिक्री गरिनेछ ।

डुकाटी इण्डियाका प्रबन्ध निर्देशक सर्गी केनोवासले भने, ‘भारतमा पुराना बाहनहरुको बजारमा हाम्रो प्रवेश महंगो र लक्जरियस मोटरसाइकलहरुको शौख राख्ने ग्राहकहरुसम्म डुकाटीको पहुँचलाई सहज बनाउनेछ।’

कम्पनीले डुकाटी अप्रूभ्ड प्रोग्राम एक प्रमाणिक कार्यक्रम भएको बताएको छ, जहाँ कम्पनीका योग्य, प्रशिक्षित र दक्ष व्यवसायीक प्राविधिकहरुले मोटरसाइकलको चयन र निरीक्षण गर्नेछन्।

Sajilo Visa

प्रकाशित: २ पुष २०७५, सोमबार

तपाइको प्रतिक्रिया