इलेक्ट्रीक कार १५ मिनेटमा नै चार्ज गर्न सकिने, बिएमडब्लू, पोर्चे र सिमेन्सले बनाए चार्जिंग स्टेशन

Technology Khabar १ पुष २०७५, आईतवार

इलेक्ट्रीक कार १५ मिनेटमा नै चार्ज गर्न सकिने, बिएमडब्लू, पोर्चे र सिमेन्सले बनाए चार्जिंग स्टेशन
Global IME Bank

काठमाडौं ।

काठमाडौं । पछिल्ला दिनहरुमा इलेक्ट्रीक कारहरुको निर्माण र बजारमा सार्वजनिकसँगै चार्जिंग स्टेशनहरुको संख्यामा पनि वृद्धि हुँदै गएको छ । तर अझैपनि तिब्र किसिमले इलेक्ट्रीक कार चार्ज गर्न अझै चुनौती रहँदै आएको छ ।

तर अब भने नयाँ पुस्ताका इलेक्ट्रीक कारहरुको ब्याट्री अहिले पेट्रोल पम्पमा ईन्धन भरेजस्तै समयमा चार्ज गर्न सकिने भएको छ ।

जर्मनीको बिएमडब्लू, पोर्चे र सिमेन्सले संयुक्त ग्रुपले नयाँ प्रविधिको विकास गरेको बताएका छन जसले सूपर फास्ट चार्जिंगलाई वास्तविकतामा बदल्ने छ ।

बिहिबार उनीहरुले ४५० किलोवाटको चार्जिंग स्टेशन सार्वजनिक गरे जसले केबल तीन मिनेटको चार्जमा १०० किलोमिटरसम्म इलेक्ट्रीक कार कुदाउन सकिन्छ । यो प्रविधिबाट इलेक्ट्रीक कारहरु केबल १५ मिनेटमा नै फुल चार्ज गर्न सकिने बताईएको छ ।

फाराडे इन्टिच्यूटका टेक्नोलोजी ट्रान्सफर प्रमुख इयान एलिंगटनले भने यो प्रविधि अहिलेकोको उपलब्ध प्रविधि भन्दा केहि भएपनि राम्रो छ, तर यदि यसलाई प्रयोगमा लानुभन्दा अगाडि यसमा भएका मूख्य समस्याहरुलाई समाधान गर्न आवश्यक छ ।

‘४५०किलोवाट टेस्लाको सूपरचार्जस (१२०किलोवाट) भन्दा निकै छिटो हो, र अहिलेको सबैतिर उपलब्ध र्यापिड चार्जरहरुभन्दा १० औं गुणा उत्कृष्ट हो,’ उनले भने ।

इलेक्ट्रीक कारहरुको सबैभन्दा प्रमुख समस्या भनेको अहिले बजारमा रहेको चार्ज गर्नका लागि निकै लामो समय लिनु हो । यसले रोडमा यात्रा गर्ने अवधिलाई ढिलो बनाउँछ र जो घरमा चार्ज गर्न सक्दैनन ती इलेक्ट्रीक कार धनीहरुको लागि सबैभन्दा प्रमुख असुविधा हो ।

सार्वजनिक ४५०किलोवाट चार्जरलाई प्राक्टिकलमा प्रयोग गर्न अझै धेरै काम गर्नुपर्नेछ, जसमध्ये अहिले उपलब्ध इलेक्ट्रीक कारहरुको क्षमता वृद्धि पनि हो । हाल बजारमा उपलब्ध इलेक्ट्रीक कारहरुले यो क्षमताको चार्ज गर्न सक्दैनन र तिनिहरुको ब्याट्री क्षमतालाई पनि बिस्तार गर्नुपर्ने हुन्छ ।

त्यसैगरि सूपर फास्ट चार्जको लागि अर्को समस्या भनेको अधिक मात्रामा बिद्युत आवश्यक पर्नेछ । सो सार्वजनिक ४५०किलोवाटको २० वटा चार्जिंग स्टेशनले मात्रै ६ मेगावाटको पावर खपत गर्नेछ, जून एउटा शहरले खपत गरे बराबर हुन आउँछ ।

स्रोत

Sajilo Visa

प्रकाशित: १ पुष २०७५, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार