Technology Khabar १ पुष २०७५, आईतवार
काठमाडौं ।
काठमाडौं । स्मार्टफोन अहिलेको जिवनको अहम उपकरणमध्ये एक भईसकेको छ । हरेक समय मानिसहरु स्मार्टफोनमा बिताउने गर्दछन् । तर अब के तपाईँ आफ्नो स्मार्टफोन प्रयोग गर्ने बानीदेखि छुट्कारा पाउन चाहनुहुन्छ ? हरेक समय स्मार्टफोन प्रयोगको लत हटाउन चाहनुहुन्छ भने तपाईँको लागि सुनौलो मौका आएको छ ।
स्मार्टफोनको लत अत्यधिक बढिरहेको देखेर एक कम्पनीले अनौठो कन्टेस्टको आयोजना गरेको छ । यो प्रतियोगीताअनुसार तपाईँले १ वर्षसम्म स्मार्टफोन प्रयोग गर्नुभएन भने तपाईँले कम्पनीबाट १ लाख अमेरिकी डलर अर्थात १ करोड रुपैयाँ भन्दा बढिको पुरस्कार जित्न सक्नुहुनेछ ।
स्मार्टफोन १ वर्षसम्म छोडाउने कन्टेस्ट भिटामिनवाटरले आयोजना गरिरहेको छ । यो कम्पनी कोकाकोला कम्पनीको सब्सिडरी कम्पनी हो ।
यो प्रतियोगीतामा सहभागी हुन निकै सजिलो शर्तहरु राखिएको छ, जून पालना गरेर तपाईँले १ करोड रुपैयाँ भन्दा बढि जित्न सक्नुहुनेछ ।
भिटामिनवाटरको कन्टेस्टमा सहभागी हुन तपाईँले आफ्नो स्मार्टफोनलाई आफूबाट पर राख्ने अर्थात प्रयोग गर्न पाउनुहुनेछैन् ।
यो प्रतियोगीतामा सहभागी हुँदै तपाईँले केबल फीचर फोन र ल्याण्डलाइनको प्रयोग गर्न सक्नुहुनेछ, जसलाई कम्पनीले नै तपाईँलाई दिनेछ, तर त्यसमा फेसबुक, इन्स्टाग्राम, ट्विटर, जस्ता एप्स हुनेछैन् ।
त्यसैगरि यो प्रतियोगीतामा सहभागी हुँदैगर्दा तपाईँले आफ्नो जागिर वा कार्यलाई निरन्तर दिनसक्नुहुनेछ भने तपाईँले सो अवधिभर आफ्नो ल्यापटप र डेस्कटप भने प्रयोग गर्न सक्नुहुनेछ ।
कम्पनीले यहि डिसेम्बर ११ तारिखदेखि शुरु गरेको यो कन्टेस्टमा सहभागी हुनका लागि अन्तिम मिती जनवरी ८ तारिख सन् २०१९ अर्थात पुस २४ गतेसम्म तोकेको छ । जसमा तपाईँले आफ्नो जानकारीसहितको फर्म भरेर त्यसमा सहभागी हुनसक्नुहुनेछ ।
यो कन्टेस्ट शुरु भएको मितिबाट तपाईँले १ वर्षसम्म अर्थात ३६५ दिनसम्म आफ्नो स्मार्टफोन प्रयोग पाउनुहुनेछैन भने अन्य साथीभाईको स्मार्टफोन पनि प्रयोग गर्न रोक लगाईएको छ ।
यदि तपाईँले कम्पनीको नियमअनुसार ३६५ दिनसम्म स्मार्टफोन प्रयोग रोक्न सफल हुनुभयो भने कम्पनीले तपाईँलाई १ लाख डलर अर्थात १ करोड रुपैयाँ भन्दा बढिको रकम जित्न सक्नुहुनेछ । यदि १ वर्षसम्मको अवधि धेरै भयो भन्ने लाग्दछ भने तपाईँले ६ महिनासम्म स्मार्टफोन प्रयोग बन्द गरेर १० हजार डलर मात्रै पनि जित्न सक्नुहुनेछ ।
सहभागीहरुले सो कन्टेस्टको अवधी सकिएपछि कम्पनीले त्यसको परिक्षण गर्नेछ भने अन्त्यमा लाइ डिटेक्टर टेस्ट पनि गर्नेछ, यदि यी सबैमा तपाई सफल हुनुभयो भने तपाईलाई बिजेता घोषणा गरेर १ करोड भन्दा बढिको पुरस्कार दिनेछ ।
भिटामिनवाटरले यो कन्टेस्टलाई ‘स्क्रोल फ्रि फर अ ईयर’ नाम दिएर ल्याएको छ, जसमा अमेरिकी बासिन्दाहरु मात्र सहभागी हुनसक्नेछ ।
प्रकाशित: १ पुष २०७५, आईतवार