फेसबुकका ६८ लाख प्रयोगकर्ताको नीजि तस्विर बिना जानकारी प्रकाशित, तपाईँको पनि पर्यो कि ?

Technology Khabar २९ मंसिर २०७५, शनिबार

फेसबुकका ६८ लाख प्रयोगकर्ताको नीजि तस्विर बिना जानकारी प्रकाशित, तपाईँको पनि पर्यो कि ?
Classic Tech
Nepal Telecom

काठमाडौं । तपाई फेसबुकको नियमित यूजर हो भने तपाईँले अब आफ्नो एकाउन्ट सुरक्षामा गंभिर हुनुपर्ने भएको छ ।

हालै फेसबुकले यूजरको प्राइभेट फोटोहरु एक्सपोज भएको जानकारी सार्वजनिक गरेको छ । फेसबुकले हालै एपहरुमार्फत विश्वभरका ६.८ मिलियन अर्थात ६८ लाख यूजरहरुको नीजि फोटोहरु सार्वजनिक भएको जानकारी दिएको हो ।

यी एपहरुले यूजर्सको फोटो हेर्नका लागि सिमित एक्सेस मात्र पाएका थिए, तर सो एपहरुमा भएको बगका कारण एपद्धारा प्रयोगकर्ताहरुको गोप्य फोटोहरुमा पनि पहुँच पाएका थिए ।

यस्तो फोटो एक्सपोज हुनेमा त्यस्ता फोटोहरु छन जून फेसबुकमा अपलोड गरिएको तर पोष्ट नगरिएको र यूजर्सको स्टोरीजमा राखिएका फोटोहरु छन् । मेसेन्जरमा पठाईएका फोटोहरुमा भने त्यस्तो पहुँच नपाएको र सुरक्षित भएको बताईएको छ ।

फेसबुककाअनुसार यी फोटोहरु सेप्टेम्बर १३ देखि सेप्टेम्बर २५ तारिखको बीचमा एक्सपोज भएको थियो । फेसबुकले सो घटना सेप्टेम्बर २५ मा थाहा पाएको थियो, तर अहिलेसम्म सो घटना किन कम्पनीले लुकायो भन्ने स्पष्ट छैन् । तर कम्पनीले युरोपियन यूनियनको प्राइभेसी वाचडगको रुपमा काम गर्ने दि अफिस अफ दिन डेटा प्रोटेक्सन कमिस्नरलाई जानकारी दिएको थियो ।

हालको नीजि तस्विरहरु सार्वजनिकबाट प्रभावितहरुलाई फेसबुकले अलर्ट नोटिफिकेसन पठाउने उल्लेख गरेको छ । यदि तपाईँको एकाउन्टमा पनि फेसबुकको नोटिफिकेसन आएको छ भने सो नोटिफिकेसनको आधारमा आफ्नो एकाउन्टलाई थप सुरक्षित पार्नुहोस् ।

डेभलपरहरुसम्म पुगेको तर एपद्धारा अनधिकृतरुपमा पहुँच पाएको फोटोहरुको प्रतिलिपी डिलिट गर्नको लागि फेसबुकले डेभलपर्सहरुसँग काम गरिरहेको बताएको छ । सो घट्नामा ८७६ डेभलपरहरुको १,५०० एप्सले मानिसहरुको तस्विरहरुमा अनधिकृतरुपमा पहुँच पाएको थियो ।

फेसबुकले सो बग पत्ता लागेको र समस्या समाधान भईरहेको जानकारी दिएको छ ।

पछिल्ला दिनहरुमा फेसबुकबाट प्रयोगकर्ताहरुको गोप्य जानकारीहरु चोरी हुने वा फेसबुकले नै तेस्रो पक्षलाई बिक्री गरेको घट्नाका कारण फेसबुक विबादमा पर्दै आएको छ ।

TK Viber

प्रकाशित: २९ मंसिर २०७५, शनिबार

Loading...