यी हुन इन्टरनेटमा प्रयोग हुने खराब पासवर्डको सूची, तपाईँको पासवर्ड पनि यस्तै छ कि ?

Technology Khabar २८ मंसिर २०७५, शुक्रबार

यी हुन इन्टरनेटमा प्रयोग हुने खराब पासवर्डको सूची, तपाईँको पासवर्ड पनि यस्तै छ कि ?
Global IME Bank

काठमाडौं ।

काठमाडौं । पासवर्डको बारेमा अधिकांश मानिसहरु धेरै सचेत हुँदैनन् । अधिकांशले सजिलो र सम्झनसकिने किसिमको पासवर्ड प्रयोग गर्ने गर्दछन् । जसले गर्दा उनीहरुको व्यक्तिगत जानकारीहरु चोरी हुने वा ह्याक हुने संभावना रहन्छ ।

सन् २०१८ मा पनि विश्वभरका मानिसहरुले खराब र कमजोर पासवर्ड छानेको कयौं उदाहरणहरु यसअघि नै आईसकेका छन जसले गर्दा उनीहरुको आफ्नो जानकारीहरु ह्याक भएका छन् ।

यो वर्ष इन्टरनेटको संसारमा विभिन्न किसिमका डेटा ब्रीचदेखि ह्याकिंगका घट्नासम्म सार्वजनिक भए, जसमा एउटै समानता थियो त्यो हो यूजर्सको कमजोर पासवर्ड ।

सन् २०१८ मा खराब पासवर्डको सूची सार्वजनिक भएको छ । जसमा यूजर्सले प्रयोग गरेको खराब पासवर्डहरुको जानकारी रहेको छ ।

पासवर्ड म्यानेजमेन्ट कम्पनी स्प्लाश आईडी(https://splashid.com/) ले यो वर्षका १०० खराब पासवर्डको सूची निकालेको छ जसमा सबैभन्दा टपमा १२३४५६ (123456) रहेको छ ।

अझैपनि अधिकांश मानिसहरुले यस्तो किसिमको पासवर्ड प्रयोग गर्ने गरेका छन, जसलाई जो कोहि सामान्य व्यक्तिले पनि अनुमानको भरमा डाटा चोरी गर्न सक्नेहुन्छ । त्यसैगरि यो सूचीको दोस्रो नम्बरमा पासवर्ड भन्ने अंग्रेजी शब्द नै परेको छ भने तेस्रो नम्बरमा १२३४५६७८९ (123456789) पासवर्ड रहेको छ ।

सो सूचीमा अन्य केहि सामान्य प्रयोगमा आउने पासवर्डहरु पनि रहेका छन जसमा क्वेर्टी (qwerty) र एडमिन (admin) समावेश छ ।

यो वर्ष खराब पासवर्डको सूचीमा नयाँ पासवर्डहरु पनि थप भएका छन जसममा अंग्रेजी शब्दको प्रिन्सेस(princess), सनसाइन(sunshine), !@#$%^&* र डोनाल्ड (donald) रहेको छ ।

यदि तपाईँ पनि यस्तो खराब पासवर्ड प्रयोग गरिरहनुभएको छ भने त्यसलाई तत्काल परिवर्तन गरेर सुरक्षित हुनुहोस् । किनकी तपाईँको पासवर्ड कसैले पनि गेस गरेर तपाईँको एकाउन्ट ह्याक गर्न सक्दछ । पासवर्ड परिवर्तन गर्न सजिलो छ र ससक्त र अन्य व्यक्तिले अनुमान र प्रयोग गर्न नसक्ने किसिमको पासवर्ड राख्नुहोस् ।

सकेसम्म पासवर्डमा विभिन्न किसिमको संयोजन गर्नुहोस् । जसमा अपरकेस, लोअरकेस, नम्बर, स्पेशल क्यारेक्टर्सलगायत मिलाएर पासवर्ढ बनाउनुस् । र आफ्नो पासवर्ड कम्यूटरमा रेकर्ड गर्ने वा अन्य स्थानमा लेखेर राख्ने नगर्नुस् ।

यी हुन प्रमुख २५ वटा खराब पासवर्डहरु जून सन् २०१८ मा अत्यधिक प्रयोगमा रहेको थियो ।

https://www.teamsid.com/100-worst-passwords/

– 123456

– password

– 123456789

– 12345678

– 12345

– 111111

– 1234567

– sunshine

– qwerty

– iloveyou

– princess

– admin

– welcome

– 666666

– abc123

– football

– 123123

– monkey

– 654321

– !@#$%^&*

– charlie

– aa123456

– donald

– password1

– qwerty123

Sajilo Visa

प्रकाशित: २८ मंसिर २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार