टिभिएस जुपिटर क्लासिक अटम ब्राउन कलरमा उपलब्ध

Technology Khabar २८ मंसिर २०७५, शुक्रबार

टिभिएस जुपिटर क्लासिक अटम ब्राउन कलरमा उपलब्ध

काठमाडौं ।

काठमाडौं । नेपालमा टिभिएस स्कूटर र मोटरसाइकलको आधिकारिक वितरकले टिभिएसको जुपिटर क्लासिक अटम ब्राउन कलरमा बजारमा ल्याएको छ । नयाँ जुपिटर क्लासिक यस अघि नै नेपाली बजारमा उपलब्ध रहेको छ ।

यस क्लासिक संस्करणमा सनलाइट आइभोरी बडी कलर, डिकल्स, इलिगेन्ट फुलक्रोम मिरर, क्रोम बास्केट, आर्कषक डिजाइन, स्मार्ट युएसबी चार्जर, आरामदायी २ जना बस्न मिल्ने सिट लगायतका सुबिधा छन् । चालकलाई सुखद अनुभूति र उच्च गति प्रदान गर्ने टिभिएस जुपिटर सडकमा समेत निकै आर्कषक देखिने कम्पनीको दाबी छ ।

‘टिभिएस जुपिटर क्लासिक अटम ब्राउन’ पुरै आल्मुनियम बढि, ११० सिसि इन्जनबाट उच्चतम शक्ती उत्पन्न गर्छ, सुपेरियर एक्सीलेरेशन र निकै फियुल इफिसेन्सी रहेको छ ।

पूर्णत मेटल बढिमा निर्माण भएको जुपिटर क्लासिक अटम ब्राउन सडकमा गुडाउँदा उच्चकोटीको सवारी साधन देख्न्छि । चलाउन निकै सजिलो यो स्कुटरमा टिभिएस प्याटेन्ट इकोमिटर जडान गरिएको छ । जसको सहायताले इको मोड र पावर मोड दुबैमा चलाउन सकिन्छ ।

टिभिएसको जुपिटर क्लासिक अटम ब्राउनको बजार मूल्य १ लाख ९८ हजार ९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २८ मंसिर २०७५, शुक्रबार

ताजा समाचार