Technology Khabar २६ मंसिर २०७५, बुधबार
काठमाडौं ।
काठमाडौं । भारतीय कार निर्माता कम्पनी मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक कार वागन-आरको सडक परीक्षण शुरु गरेको छ ।
सन् २०२० सम्ममा भारतीय बजारमा इलेक्ट्रीक भेहिकल ल्याउने कम्पनीको तयारी अनुसार वागन-आरको ५० वटा प्रोपोटाइप निर्माण गरेको र ती गाडीहरुको एकसाथ परीक्षण सुरु गरेको हो ।
सन् २०२० सम्ममा भारतीय बजारमा इलेक्ट्रीक भेहिकल ल्याउने कम्पनीको तयारी अनुसार वागन-आरको ५० वटा प्रोपोटाइप निर्माण गरेको र ती गाडीहरुको एकसाथ परीक्षण सुरु गरेको हो ।
यी सबै प्रोपोटाइप मोडललाई कम्पनीको गुरुग्राममा रहेको प्लान्टमा निर्माण गरेको हो । एक महिनाअघि कम्पनीका चेयरम्यान ओसामो सुजुकीले कम्पनीद्वारा उत्पादित सबै प्रोपोटाइप मोडललाई भारतीय सडकमा परीक्षण गर्ने बताएका थिए ।
सुजुकी मोटर कर्पोरेशन जापानले यो इलेक्ट्रीक सवारीसाधनको विकास गरेको हो । मेड इन इन्डियाको योजनासहित निर्माण गरिएको यो कारलाई भारतको अलग–अलग सडकमा फरक फरक मौसममा परीक्षण गरिने कम्पनीले जनाएको छ ।
मारुती सुजुकीद्वारा उत्पादित मोडलको सफल परीक्षण भएपछि मात्र विभिन्न परिस्थितिअनुकूल मोडल तयारी पार्ने कम्पनीले जनाएको छ ।
कम्पनीले परीक्षणमा सहभागीहरुको सल्लाह र सुझाव अनुसार आगामी दिनमा कार निर्माण गर्ने जानकारी दिएको छ ।
प्रकाशित: २६ मंसिर २०७५, बुधबार