ग्राहक ठगी आरोप लागेको दराजको फेरी १२.१२ क्याम्पेन, अनलाइन किनमेलको नयाँ युग भएको दाबी

Technology Khabar २५ मंसिर २०७५, मंगलवार

ग्राहक ठगी आरोप लागेको दराजको फेरी १२.१२ क्याम्पेन, अनलाइन किनमेलको नयाँ युग भएको दाबी

काठमाडौं ।


काठमाडौं । केहि महिना अघि ११.११ नामक सेल मेला संचालन गरेर ग्राहकहरुलाई ठगी गरेको आरोप लागेको अनलाइन ईकमर्श साइट दराज डटकमले फेरी अनलाइन सेल मेला संचालन गर्ने भएको छ । दराज डटकमले डिसेम्बर १२ तारिख (अर्थात मंसिर २६ गते बुधवार) लाई केन्द्रमा राखेर राज १२.१२ क्याम्पेन संचालनमा ल्याएको छ ।

दराज १२.१२ अभियान अन्तर्गत यही डिसेम्बर १२ तारिखसम्म क्रेताहरुले चुनिएका महिला र पुरुषका फेसन, घरायसी उपकरणहरु, मोबाइल फोनहरु, खाद्य–सामग्रीहरु, जीवनशैली, सौन्दर्य र अरु पनि धेरै सरसामानहरुमा ठूलो छुटको अपेक्षा राख्न सक्ने कम्पनीको भनाई छ ।

सो क्याम्पेनअन्तरगत कम्पनीले मिस्ट्री बक्सहरुसँगसँगै दराजमल र कलेक्टिबल भौचर पनि दिने भएको छ ।

सामान खरिदकर्ताहरुले विभिन्न किसिमका ब्राण्डहरुको सामाग्री किन्दा कलेक्टिबल भौचरहरु प्राप्त गर्ने साथै प्रयोगकर्ताहरुले सम्बन्धित स्टोर ब्राण्ड वा दराज एपको होमपेजमा भौचर बटनमार्फत वा १२.१२ क्याम्पेन वा स्टोर पेज वा छानिएका स्टोरहरु फलोगरी सरप्राइज भौचर पाउने कम्पनीको दाबी छ । त्यस्तो भौचर खातामा राख्न कलेक्टमा ट्याप गर्नुपर्ने बताईएको छ ।

गएको महिना ११.११ को अपार सफलतापछि स्थानीय उपभोक्ताहरुलाई नयाँ विशेषतायुक्त नौलो र अनुपम किनमेलको अनुभव प्रदान गर्न लागेको दराज नेपालका प्रबन्ध निर्देशन लिनो एह्लेरिङ्गले बताए ।

जारी प्रेस विज्ञप्तिमा कम्पनीले अनलाइन किनमेल यति सजिलो र सरल नेपालमा कहिल्यै नभएको दाबी समेत गरेको छ ।

चिनियाँ कम्पनी अलिबाबाले किनेको दराजले यसअघि अलिबाबाको मोडलमा नेपालमा पनि ११.११ क्याम्पेन गरेको थियो ।

जसमा ग्राहकहरुलाई अत्यधिक मूल्य लिएर ठगी गरेको आरोप लागेको थियो । त्यसबेला कम्पनीले ग्राहकहरुलाई ठगेको भन्दै ग्राहकहरुले सामाजिक संजालमा त्यसबारे विभिन्न फोटोहरु तथा जानकारीहरु शेयर गरेका थिए ।

कम्पनीले अन्य समयको बिक्री मूल्यमा अत्यधिक मूल्य जोडेर त्यसमा भारी छुट भन्दै ग्राहकहरुलाई ठगेको आरोप लागेको थियो । जसको बारेमा कम्पनीले हालसम्म कुनै आधिकारिक प्रतिकृया दिन सकेको छैन् ।

अहिले पनि कम्पनीले सोहि मोडलमा १२.१२ क्याम्पेन शुरु गरेको हो ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २५ मंसिर २०७५, मंगलवार

ताजा समाचार