हुन्डाइ टुशनको २०१९ मोडल नेपाली बजारमा

Technology Khabar २५ मंसिर २०७५, मंगलवार

हुन्डाइ टुशनको २०१९ मोडल नेपाली बजारमा

काठमाडौं । हुन्डाइका लागि नेपालका आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विश्वमा सर्वाधिक रुचाइएको एयूभी टुशनको २०१९ मोडल नेपाली बजारमा भित्राएको छ ।

नयाँ टुशन आकर्षक विशेषताहरुले सु–सज्जित छ जसले गर्दा यो गाडीको पावर, सुविधा तथा लक्जरी खोज्ने व्यक्तिहरुको सहि छनौट हुने कम्पनीले उल्लेख गरेको छ । नवीनतम ड्राइभिङ्ग प्रविधिहरु सहितको नयाँ टुशनमा कडा सुरक्षाको प्रावधानहरु राखिएको छ  ।

नयाँ टुशनमा नयाँ डिजाइनको लेडल्याम्प, र्याडियटर ग्रिल, पाङग्राको बनोट, पछाडीको बत्ती र बम्परको सम्मिश्रण रहेको छ । यसमा आन्तरिक स्पेश अत्याधिक हुनुका साथै संसारकै विशिष्ट प्रविधिहरुको प्रयोग गरिएको छ ।

नयाँ टुशनमा चालक/सह–चालकको ८ भिन्न तहको सिट समायोजन सुविधा, अगाडीको सिट तताउन मिल्ने विशेषता सहितको सम्पूर्ण छालाको सिट कन्ट्रोल, ताररहित स्मार्टफोन चार्जिङ्ग सुविधा, पछाडीको सिट ढल्काउन मिल्ने तथा ड्राइभ मोडको विकल्प पनि रहेको बताईएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १४ शोेरुमहरु तथा १६ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

TK Viber

प्रकाशित: २५ मंसिर २०७५, मंगलवार

Loading...