आइएमई डिजिटल र नेपाल बंगलादेश बैंकबीच सम्झौता, मोबाइल वित्तीय सेवा उपलब्ध गराउने

Technology Khabar २५ मंसिर २०७५, मंगलवार

आइएमई डिजिटल र नेपाल बंगलादेश बैंकबीच सम्झौता, मोबाइल वित्तीय सेवा उपलब्ध गराउने

काठमाडौं ।

काठमाडौं । आइएमई डिजिटल र नेपाल बंगलादेश बैंक लिमिटेड बीच आइएमई पे मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

आइएमई डिजिटलका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र नेपाल बंगलादेश बैंकको तर्फबाट प्रमुख संचालन अधिकृत सुरेश देवकोटाले सोमवार सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार नेपाल बंगलादेश बैंक आइएमई डिजिटलको बैंकिङ्ग साझेदार संस्था हुनेछ र बैंकका सेवाग्राहीहरूले चाँडै नै आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् ।

साथसाथै नेपाल बंगलादेश बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २५ मंसिर २०७५, मंगलवार

ताजा समाचार