Technology Khabar २५ मंसिर २०७५, मंगलवार
काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालयले मंगलबारदेखि ई-पेमेन्ट सेवा शुरु गरेको छ । कार्यालयले आफ्ना सेवाहरुलाई पुर्ण अटोमेशनमा लैजाने प्रक्रियासहित आजैदेखि सो सेवा संचालनमा ल्याएको हो । अबदेखि सेवाग्राहीले कार्यालयमा तिनुपर्ने सबै प्रकारका शुल्क, दस्तुर र जरिवाना अनलाइन पेमेन्टमार्फत् तिर्ने व्यवस्था मिलाईएको हो ।
ई-पेमेन्ट सेवाको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मातृका यादवले कार्यालयले सुरु गरेको ई-पेमेन्ट सेवाले कर्मचारी र सेवाग्राहीलाई सहज हुने बताउँदै यसले कम्पनी रजिष्ट्रार गर्ने बेला पारदर्शिता पनि आउने बताएका हुन । उनले ई-पेमेन्ट सेवाले कार्यालय भित्र हुने अनियमितताको अन्त्य हुने विश्वास व्यक्त गरे ।
कार्यालयका रजिष्ट्रार भुवनहरी अर्यालले आगामी बर्षको साउनसम्म कार्यालयबाट हुने सम्पुर्ण कागजी कामहरु अनलाईनबाटै हुनेगरी कार्य अघि बढाएको जानकारी दिए ।
नेपाल राष्ट्र बैंकको नियम अनुसार ई-पेमेन्ट मार्फत १ लाखसम्म रुपैयाँ सम्म नेपालका विभिन्न बैंकहरुबाट भुक्तानी गर्न सकिन्छ ।
कार्यालयले चालू अावदेखि नै सबै कारोबारहरु पुर्ण अटोमेशन सेवाले विस्थापन गर्ने योजना राखेको छ ।
प्रकाशित: २५ मंसिर २०७५, मंगलवार