चीनमा एप्पलका आइफोनहरुको बिक्री तथा आयातमा रोक, यस्तो छ कारण

Technology Khabar २५ मंसिर २०७५, मंगलवार

चीनमा एप्पलका आइफोनहरुको बिक्री तथा आयातमा रोक, यस्तो छ कारण
Classic Tech

काठमाडौं । एप्पलका आइफोनहरु चीनमा बिक्री तथा आयातमा प्रतिबन्ध लागेको छ । चीनको एक अदालतले अमेरिकी कम्पनी एप्पल र क्वालकमबीच भएको कानूनी विवादमा अदालतले निर्णय गर्दै एप्पलका आइफोनहरुको बिक्री तथा आयातमा प्रतिबन्ध लगाएको हो ।

नयाँ प्रतिबन्धले आइफोनको बिक्रीको बरिब १० देखि १५ प्रतिशत बजारमा असर पार्नेछ ।
क्वालकमले दायर गरेको एप्पल बिरुद्धको प्याटेन्ट मुद्धामा क्वालकमको पक्षमा निर्ण गर्दै एप्पलका आइफोनहरु बिक्रीमा रोक लगाएको हो । एप्पल र क्वालकमबिच ग्लोबल प्याटेन्टमा निकै विवाद हुँदै आएको छ ।

चीनमा आइफोन प्रतिबन्धले विश्वको सबैभन्दा ठूलो मोबाइल बजारमा कम्पनीको व्यवसायलाई अनिश्चित बनाएको छ, जसले कम्पनीको बजार हिस्सा झनै घट्नसक्ने विश्लेषण गरिएको छ ।

चीनमा सो प्रतिबन्धपछि एप्पलको आइफोन सिक्स एस, सिक्स एस प्लस, आइफोन सेभेन, आइफोन सेभेन प्लस, आइफोन एट, आइफोन एट प्लस र आइफोन एक्स बिक्रीमा रोक लागेको हो ।
यो प्रतिबन्धले नयाँ आइफोनहरुको बिक्रीमा भने कुनै असर पर्नेछैन् । एप्पलले आइफोन एक्स एस, आइफोन एक्स एस म्याक्स, आइफोन एक्सआर चीनमा बिक्री गर्नसक्नेछ ।

सो प्रतिबन्धको निर्णय सोमबार आएको भएपनि एप्पलले हालसम्म सबै मोडलका आइफोनहरु चीनमा उपलब्ध रहेको जानकारी दिएको छ ।

क्वालकमकाअनुसार मानिसहरुले आइफोनमा फोटो इडिट र रिसाइज गर्ने तथा टचस्क्रीनको प्रयोगद्धारा एप्स म्यानेज गर्ने पेटेन्टमा विवाद हुँदै आएको छ ।

चीन, हंगकंग र ताइवान एप्पलको तेस्रो ठूलो बजार हो ।

माध्यम

TK Viber

प्रकाशित: २५ मंसिर २०७५, मंगलवार

Loading...