जब अनलाइनबाट ग्राहकले अर्डर गरेको खाना डेलिभरी ब्वाइले बाटोमै खान्छ…

Technology Khabar २५ मंसिर २०७५, मंगलवार

जब अनलाइनबाट ग्राहकले अर्डर गरेको खाना डेलिभरी ब्वाइले बाटोमै खान्छ…

काठमाडौं ।

काठमाडौं । पछिल्ला दिनहरुमा मानिसहरुको व्यस्त दिनचर्याले गर्दा अनलाइनबाट खानेकुरा मगाएर खाने प्रचलन बढिरहेको छ । दैेनिकरुपमा कामकाजमा व्यस्त हुने मानिसहरुका लागि अनलाइन फूड अर्डर गरेर खाने प्रचलनले समयको बचत समेत हुने गरेको छ ।

तर अनलाइनबाट खानेकुरा मगाउँदा त्यो अरुले नै खाएको खाना तपाईँको घरमा आयो भने के हुन्छ ? तपाईँलाई आश्चार्य लाग्यो होला आफूले मगाएको खाना पनि अरुले पहिले नै खाएको जुठो खाना हुन्छ र भनेर तर हालै एउटा भिडियो भाइरल भएको छ जहाँ चर्चित अनलाइन फूड अर्डरिंग एण्ड रेस्टोरेन्ट प्लेटफर्म जोमाटोका कर्मचारीले यस्तै गरेका छन् ।

छिमेकी मुलुक भारतको चर्चित अनलाइन फूड अर्डरिंग एण्ड रेस्टोरेन्ट प्लेटफर्म जोमाटो जून विश्वभर अनलाइन फूड अर्डरका लागि अग्रपंक्तिमा गनिन्छ, सो कम्पनीका डेलिभरी ब्वायले ग्राहकहरुले अर्डर गरेर मगाएको खानाबाट पहिले नै आफूले खाईरहेको भिडियो भाइरल भएको छ ।

सो भिडियोमा सो डेलिभरी ब्वाईले आफूले खाईसकेपछि सोहि जुठो खाना जस्ताको तस्त्यै प्याक गरेर ग्राहकलाई डेलिभरी गर्न जान लागेको देखिएको छ ।

सामाजिक संजालमा सो भिडियो आएदेखि ग्राहकहरुले कम्पनीप्रति आक्रोश व्यक्त गरेका छन् ।
क्रिब २ मिनेटको भिडियोमा डेलिभरी ब्वाईले जोमाटोको ड्रेस लगाएको छ ।

यो भिडियो केबल २ मिनेटको भएपनि भारतमा यसले कम्पनीको ख्यातीमा समस्या सिर्जना गरेको छ । जून भिडियोमा डेलिभरी ब्वाईले ग्राहकको हरेक अर्डर गरेको खाना पालैपालो चाखेर खाएपछि त्यसलाई जस्ताको त्यस्तै प्याक गरेर ब्यागमा राखिरहेको देखिन्छ ।

यो भिडियो मदुरईमा खिचिएको कम्पनीले जानकारी दिएको छ । सो भिडियोको बारेमा जोमाटो कम्पनीले एउटा ब्लग पोष्ट गरेको छ । जहाँ कम्पनीले सो विषयमा आन्तरिक जाँच गरिरहेको बताएको छ । यसका साथै कम्पनीले आफ्नो पार्टनर्स डेलिभरी ब्वाईहरुलाई यो विषयमा तालिम र शिक्षित बनाउने बताएको छ । यसका साथै कम्पनीले आगामी दिनमा भोजनका साथमा हुने छेडछाडलाई कम गर्ने टेम्पर प्रुफ टेप्स प्रयोग गर्ने बताएको छ ।

नेपालमा पनि अनलाइनबाट खाना अर्डर गर्नेप्लेटफर्महरु पछिल्ला दिनहरुमा वृद्धि हुँदै गएका छन् । जसले विभिन्न रेष्टुरेन्ट तथा होटलहरुबाट ग्राहकहरुको अर्डर खाना डेलिभरी गर्ने गर्दछन् । तर हालसम्म नेपालमा डेलिभरी ब्वाईले नै खाना खाईदिएको यस्तो घट्ना भएको छैन् ।

https://www.youtube.com/watch?v=KRRUlt5MBFY
easy care

प्रकाशित: २५ मंसिर २०७५, मंगलवार