वेभ सर्फरका संचालक सुरेन्द्र क्षेत्री पक्राउ, शेयर दिने नाममा ३२ करोडको ठगी आरोप

Technology Khabar २५ मंसिर २०७५, मंगलवार

वेभ सर्फरका संचालक सुरेन्द्र क्षेत्री पक्राउ, शेयर दिने नाममा ३२ करोडको ठगी आरोप

काठमाडौं ।

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वेभ सर्फरका संचालक मध्येका एक सुरेन्द्र क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई वेभ सर्फर कम्यूनिकेशन प्रालिको शेयर विवादमा प्रहरीले समातेको मिडिया रिपोर्टमा उल्लेख छ ।


काठमाडौं प्रहरी प्रवक्तालाई उल्लेख गर्दै आएको रिपोर्टअनुसार क्षेत्रीलाई महानगरिय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले तिनकुनेबाट नियन्त्रणमा लिएको हो ।

वेभ सर्फरका संचालक क्षेत्रीसहित उनका तीन दाजुभाई मिलेर बेलायती नागरिक दिनेश भन्ने केपी भिमल नाथनबाट ३२ करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।

यसअघि पनि क्षेत्रीसहित तीन दाजूभाईलाई काठमाडौं प्रहरीले बोलाएर बेलायती नागरिकको रकम फिर्ता गर्ने सहमति गराएर छोडेको रातोपाटीको रिपोर्टमा उल्लेख छ ।

तीन जना दाजुभाई सुरेन्द्र, सुमन र अन्य एक जना मिलेर वेभ सर्परको शेयर दिने नाममा नक्कली शेयर प्रमाणपत्र बनाएर बेलायती नागरिकलाई दिएर करोडौं रुपैया ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको बताईएको छ ।

स्रोत

easy care

प्रकाशित: २५ मंसिर २०७५, मंगलवार

ताजा समाचार