Technology Khabar २३ मंसिर २०७५, आईतवार
काठमाडौं ।
काठमाडौं । ओपोले आर सिरिज अन्तरगत नेपालमा ओपो आर१७ प्रो (R17 Pro) सार्वजनिक गर्ने भएको छ । नेपालमा आर१७प्रो को विक्रि क्रिसमस तथा न्यू इयरको अवसर पारेर डिसेम्बर १५मा गरिने कम्पनीले जानकारी दिएको छ ।
आर१७प्रो मार्फत आफ्ना उपभोक्तालाई रातको समयमा पनि उत्कृष्ट तस्विर लिन सघाउने कम्पनीको प्रमुख उद्देश्य रहेको छ । आर१७ प्रोमा रहेको अल्ट्रा नाइट मोडद्वारा प्रचालित ‘सिज द नाइट’ मार्फत थप यूवाहरुको लोकप्रिय स्मार्टफोन बन्ने कम्पनीको भनाई छ ।
गुणस्तरिय फोटोग्राफीका लागि उत्कृष्ट क्यामेरा
उत्पादनमा समाहित प्रविधिका कुरा गर्दा ‘नाइट सुटिङ’ अझै पनि स्मार्टफोन उद्योगका लागि एक प्रमुख चुनौतिका रुपमा विद्यमान छ । विशेषगरी नाईट फोटोग्राफीलाई ध्यानमा राखीओपो आर१७ प्रोमा हार्डवेयर तथा सफ्टवेयर दूवै पक्षमा स्तरोन्नती गरिएको छ ।
आर१७ प्रोमा प्रयोगकर्तालाई उत्कृष्ट गुणस्तरको नाइट फोटो लिन सघाउन सफ्टवेयर लेभल एआई अल्ट्रा क्लियर ईञ्जिनको ब्यवस्था गरिएको छ । फोनमा दिइएको एआई अल्ट्रा–क्लियर ईञ्जिन ओपोको तस्विर परिस्कृत गर्ने प्रविधि हो । यसले हार्डवेयरको सिमा भन्दा माथी उठेर तस्विरको गुणस्तरमा बृद्धि गर्दै उत्कृष्ट नाइट सट्स लिन सघाउँछ ।
ओपो आर१७ प्रोमा एफ१.५/एफ२.४को भ्यारिएबल स्मार्ट एपर्चर दिइएको छ । यसले कम वा अधिक प्रकाश भएका दूबै अवस्थामा तस्विरलाई स्पष्ट र गुणस्तरिय बनाउन स्वचालित रुपमा आफुलाई समायोजन गर्ने क्षमता राख्छ ।
त्यसैगरी फोनमा अप्टिकल ईमेज स्टेबलाइजेशन (ओआईएस) प्रविधि पनि छ । यसले फोनमा उपलब्ध गरिएको ७पी लेन्स मोड्यूलको माध्यमबाट रातको समयमा खिचिने तस्विरलाई उज्यालो बनाउन लामो एक्स्पोजरको प्रयोगकता दौरान तस्विरलाई स्टेबलाइज गर्न सघाउँछ ।
त्यसैगरी, सेन्सरका कुरा गर्दा आर१७ प्रोमा मुख्य क्यामेराका रुपमा सोनी आईएम एक्स३६२ को प्रयोग गरिएको छ । १२ एमपीको यो क्यामेरामा तिब्र र सटिक फोकसिङका लागि डुअल पिक्सेलको ब्यवस्था गरिएको छ । साथै, नोइज लेभलकम गर्न तथा चहकिला नाइट सट्सका लागि फोनमा १.४ माइक्रोन पिक्सेल साइज र १/२.५५ सेन्सर साइजको ब्यवस्था फोनमा रहेको छ ।
ओपो आर१७ प्रोको समग्र हार्डवेयर प्रणालीको डिजाइन नै विशेषगरी नाइट फोटोग्राफीलाई ध्यानमा राखि गरिएको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले सो फोन नेपालमा ल्याउने जानकारी दिएपनि कुन कुन भेरिएन्टमा आउने र कति मूल्य पर्ने भने जानकारी दिएको छैन् ।
प्रकाशित: २३ मंसिर २०७५, आईतवार