आइएमई पे वालेटमा बैंक अफ काठमाडौं आवद्ध

Technology Khabar २३ मंसिर २०७५, आईतवार

आइएमई पे वालेटमा बैंक अफ काठमाडौं आवद्ध

काठमाडौं ।

काठमाडौं । आइएमई पेका सेवाग्राहीहरूले बैंक अफ काठमाडौं लिमिटेडको खातामा लिङ्क गरि आइएमई पे वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् ।

बैंक अफ काठमाडौंले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउनेछ ।

साथसाथै बैंक अफ काठमाडौँका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

आइएमई डिजिटल र बैंक अफ काठमाडौं बीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने कार्य प्रारम्भ भएको कम्पनीले जनाएको छ ।

बैंक अफ काठमाडौं आइएमई डिजिटलको बैंकिङ्ग साझेदार संस्था हो ।

easy care

प्रकाशित: २३ मंसिर २०७५, आईतवार