सूचना संचार प्रविधि सम्मेलन एन्पिनोग-४ शुरु, इन्टरनेटमा हुने प्राविधिक समस्या बारे छलफल गरिने

Technology Khabar २३ मंसिर २०७५, आईतवार

सूचना संचार प्रविधि सम्मेलन एन्पिनोग-४ शुरु, इन्टरनेटमा हुने प्राविधिक समस्या बारे छलफल गरिने
Global IME Bank

काठमाडौं ।

काठमाडौं । इन्टरनेट सेवा प्रदायक एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरत ब्यक्ति एवं संस्थाहरुको समूह नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग) द्धारा आयोजना गरिएको एनपिएनओजी–४ शुरु भएको छ।

यहि २८ गते सम्म संचालन हुने सो कार्यक्रमको औपचारिक उद्घाटन गर्दै नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सरकारले सूचना प्रविधिको विकास गर्न डिजिटल नेपालको अवधारणा ल्याएको जानकारी दिए । दूरसंचार प्राधिकरणले गाउँ गाउँमा ब्रोडब्याण्ड पुर्याउन लागेको भन्दै त्यसको लागि पूर्वाधारको क्षेत्रमा समस्या रहेको बताए ।

‘हामीसँग प्रशस्त रकम भएपनि हामीले अपरेटरमार्फत काम गराउनुपर्दछ, तर हाम्रा लाइसेन्स प्राप्त अपरेटरहरु ब्रोडब्याण्ड बिस्तार तिब्ररुपमा गर्न असक्षम भएका छन्,’ उनले भने ।

कार्यक्रममा एन्पिनोगका अध्यक्ष समित जानाले पछिल्लो दिनहरुमा नेपालमा पनि सूचना प्रविधिको बिस्तार भईरहेको र त्यसमा समस्याहरु पनि बढिरहेको बताए ।

‘टेक्नोलोजीको बिस्तारसँगै त्यसमा प्रयोग हुने नेटवर्कहरुमा पनि कयौं समस्याहरु आईरहेका छन् । एन्पिनोग-४ ले त्यस्तो समस्या समाधान गर्ने विषयमा छलफल गर्नेछ,’ उनले भने ।

कार्यक्रममा नेटवर्किङ एवं सूचना तथा संचार प्रविधिको क्षेत्रमा लागेका व्यवसायिक साथै प्रविधिको अनुसन्धान एवं शिक्षणमा संलग्न व्यक्तिहरुका बीच यस क्षेत्रमा विश्वमा भइरहेका उत्कृष्ट अभ्यासहरुको बारेमा छलफल एवं अनुभव आदानप्रदान हुनेछ ।

यस क्षेत्रमा लागेकाहरुले इन्टरनेट प्रविधिको बारेमा जानकारी पाउनुका साथै त्यस्ता प्रविधिमा देखापर्ने समस्या एवं चुनौतीहरुको बारेमा समेत जानकारी हासिल गर्ने आयोजकले जानकारी दिएको छ ।

काठमाडौंमा आयोजना हुने सो कार्यक्रम अन्तर्गत पहिलो दिन प्राबिधिक सम्मेलनको आयोजना गरिएको छ भने बाँकी प्राविधिक विषयवस्तुहरु समावेश गरिएको कार्यशाला गोष्ठी हुनेछ । पाँच दिने कार्यशाला गोष्ठिमा चार विषयमा कार्यशाला गरिनेछन्।

कार्यशालाका बिषयहरु Network Management and Security, IPv6 Deployment workshop, FTTH, WiFi Management र Security, System Administrator रहेका छन् ।

कार्यशाला गोष्ठिमा एन्पिनोगका सदस्य विशेषज्ञहरुका साथै केहि अन्तराष्ट्रिय विशेषज्ञहरुले सहभागीलाई ज्ञान एवं सीप प्रदान गर्नेछन् । यो कार्यक्रम स्नातक तहका अन्तिम वर्षमा अध्ययनरत् विधाथी एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरतहरुका लागि विशेष लाभदायक हुने बताईएको छ ।

गोष्ठिमा सहभागी हुन चाहने विद्यार्थीहरुका लागि लाग्ने शुल्कमा पचास प्रतिशत छुटको व्यवस्था गरिएको छ । यसैगरी कार्यक्रममा सहभागी हुन चाहनेमध्ये महिला सहभागीहरुलाई २५ प्रतिशत छुट प्रश्नावली एवं दर्ताको आधारमा प्रधान गरिएको छ ।

कार्यक्रमको पहिलो दिनको सम्मेलनमा नेपाल तथा विश्वको सूचना तथा संचार प्रविधिको क्षेत्रको वर्तमान अवस्था, चुनौतीहरु एवं सफलताका कथाहरुको बारेमा नेपाल तथा अन्य मुलुकका सूचना तथा संचार प्रविधि क्षेत्र, दुरसंचार क्षेत्र, इन्टरनेट सेवा प्रदायक कम्पनी, बैंक एवं सरकारी प्रतिनिधिहरुले विशेष प्रस्तुति दिए ।

Sajilo Visa

प्रकाशित: २३ मंसिर २०७५, आईतवार

तपाइको प्रतिक्रिया