Technology Khabar २० मंसिर २०७५, बिहीबार
काठमाडौं ।
काठमाडौं । सरकारले नेपाल टेलिकमको नयाँ प्रबन्ध निर्देशक छनौटको प्रकृया शुरु गर्ने भएको छ । सरकारले टेलिकमको प्रबन्ध निर्देशक छनौटको प्रकृया शुरु गर्नका लागि छनौट समिती गठन गरेको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल दूरसंचार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को प्रबन्ध निर्देशक पदमा नियुक्ति सिफारिस गर्न तीन सदस्यिय समिति गठन गर्ने निर्णय गरेको हो ।
सो समिति गठनको बारेमा सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्रि गोकुल प्रसाद बाँस्कोटाले पत्रकार सम्मेलनमार्फत बिहिबार जानकारी दिए ।
संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्र मान गुरुङ्गको अध्यक्षतामा सो समिति गठन गरिएको छ भने सो समितिमा मन्त्रालयकै एकजना अधिकृत सदस्य सचिव हुनेछन भने अर्का एक जनालाई विज्ञ सदस्यको रुपमा नियुक्त हुनेछ।
सो समितिले आफ्नो कार्यसूची तयार पारेर नयाँ प्रबन्ध निर्देशकको लागि आवश्यक न्यूनतम योग्यता तोकेर सार्वजनिक सूचना आव्हान गर्नेछ ।
आवेदकहरुमध्येबाट समितिले सरकारलाई तीन जनाको नाम सिफारिस गर्नेछ । सिफारिसमा परेका तीनजना मध्ये एक जनालाई सरकारले पाँच वर्षको लागि टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्ति गर्नेछ ।
यसअघि सरकारले प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई साउन २९ गते पदबाट हटाएसँगै टेलिकमको सो पद खाली रहेको छ । हाल सो पदमा कायम मुकायमको रुपमा टेलिकमकै सूर्य भक्त पोखरेलले जिम्मेवारी सम्हाल्दै आएका छन् ।
यो पनि हेर्नुस्-
टेलिकम प्रबन्ध निर्देशक कामिनीको मुद्धामा सर्वोच्चद्धारा अन्तरिम आदेश दिन अस्विकार
टेलिकम प्रबन्ध निर्देशक कामिनीलाई किन हटाईयो पदबाट, यस्ता छन् मुख्य कारणहरु
प्रकाशित: २० मंसिर २०७५, बिहीबार