शाओमीले ४८ मेगापिक्सेल क्यामरासहितको स्मार्टफोन ल्याउँदै, जनवरीमा आउने

Technology Khabar २० मंसिर २०७५, बिहीबार

शाओमीले ४८ मेगापिक्सेल क्यामरासहितको स्मार्टफोन ल्याउँदै, जनवरीमा आउने

काठमाडौं ।

काठमाडौं । स्मार्टफोन निर्माता शाओमीले आफ्नो नयाँ स्मार्टफोनहरुमा प्रिमियम इमेज क्वालिटी दिने प्रतिबद्धताका साथ आफैँले इन हाउन क्यामरा डिभिजन खोलेको थियो । हाल कम्पनीका को फाउण्डर तथा प्रेसिडेन्ट लि बिनले नयाँ स्मार्टफोन देखाएका छन जसमा ४८ मेगापिक्सेलको क्यामरा राखिएको छ ।

उनले हालै वेबोमा आउन लागेको स्मार्टफोनको फोटो राखेका छन जून जनवरीमा आउँदैछ र उनले त्यसमा फोनको क्यामरा क्वालिटीको बारेमा उल्लेख गरेका छन् ।

एमआईयूआईले आधिकारिकरुपमा सो स्मार्टफोनमा एमआईयूआई १० सिस्टम हुने जानकारी दिएको छ ।

यसअघि पनि अधिक क्षमताका सेन्सर भएको स्मार्टफोनहरु आएका थिए जसमा नोकिया ८०८ प्योर भ्यू र ह्वावेको मेट २० प्रो रहेका छन्।

सोनीले गत जूलाईमा सोनी आईएमएक्स ५८६ नामक ४८ मेगापिक्सेल क्वाड बायेर सेन्सरको घोषणा गरेको थियो । त्यस्तै सामसंगले पनि अक्टोबरमा ४८ मेगापिक्सेलको सामसंग ब्राइट जीएम वान सेन्सरको घोषणा गरेको थियो ।

फोटो हेर्दा यो नयाँ फ्ल्यागशिप स्मार्टफोन हुनपर्दछ जसमा भर्टिकल क्यामरा सेट गरिएको छ भने ग्लास बडि, इन्टिग्रेटेड भोल्यूम बटन र ड्यूल कलर टेम्पेरेचर फ्ल्याश राखिएको छ ।

Global Bank
easy care

प्रकाशित: २० मंसिर २०७५, बिहीबार

ताजा समाचार