‘हुण्डाई एक्सचेन्ज’ अफर सार्वजनिक, १ लाख ५० हजार रुपैयाँको एक्सचेन्ज बोनस

Technology Khabar २० मंसिर २०७५, बिहीबार

‘हुण्डाई एक्सचेन्ज’ अफर सार्वजनिक, १ लाख ५० हजार रुपैयाँको एक्सचेन्ज बोनस

काठमाडौं ।

काठमाडौ। । हुण्डाई गाडीको नेपालका लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुण्डाई एक्सचेन्ज’ अफर सार्वजनिक गरेको छ ।

बिहीबारदेखी शुरु हुने एक्सचेन्ज अफरमा स्पोर्ट एक्सचेन्ज तथा मूल्याङकन, फाइनान्स र बीमा सुविधा समेत रहेको छ । साथै उक्त अफर अन्तरर्गत नगद छुट सँगै १५ हजार रुपैयाँ बराबरको लोयल्टी बोनस समेत रहेको कम्पनीले जानकारी दिएको छ ।

अफरमा नगद १ लाख ५० हजार रुपैयाँको एक्सचेन्ज बोनसका साथै ४ वर्षे फ्रि सर्भिस र ३ वर्षे वारेण्टी तथा हरेक टेष्ट ड्राईभमा आकर्षक उपहार समेत रहेको कम्पनीले जानकारी दिएको छ ।

देशव्यापी कार्यक्रमले ग्राहकहरुलाई उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने अवसर प्रदान गर्ने कम्पनीका महाप्रवन्धक रुपेश शर्माले बताए ।

easy care

प्रकाशित: २० मंसिर २०७५, बिहीबार

ताजा समाचार