स्मार्टफोन निर्माता ह्वावेका ग्लोबल चीफ फाइनान्सियल अफिसर पक्राउ, यस्तो छ पक्राउको कारण

Technology Khabar २० मंसिर २०७५, बिहीबार

स्मार्टफोन निर्माता ह्वावेका ग्लोबल चीफ फाइनान्सियल अफिसर पक्राउ, यस्तो छ पक्राउको कारण

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी ह्वावेको ग्लोबल चीफ फाइनान्सियल अफिसर क्यानाडामा गिरफ्तार भएकी छिन् । क्यानाडाको भ्यानकुभरमा समातिएका ग्लोबल चीफ फाइनान्सियल अफिसर मेन्ग वानझाउ जो कम्पनीको भाइस चेयर्समध्येकी एक हुन र ह्वावेका फाउण्डर रेन झेंगफाईका छोरी पनि हुन ।

डिसेम्बर १ तारिखमा समातिएकी उनलाई शुक्रबार अदातलमा पेश गरिने क्यानाडियन जस्टिस डिपार्टमेन्टले बुधबार पुष्टि गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

के हो आरोप ?

विश्वको सबैभन्दा ठूलो टेलिकम्यूनिकेसन्स नेटवर्क उपकरण निर्माता कम्पनीमध्ये एक रहेको ह्वावेले सन् २०१६ देखि नै अमेरिकामा उत्पादित सामानहरु ईरानलगायतका मुलुकहरुमा पठाउँदै आएको अमेरिकी सरकारले आशंका गरेका छन् । उनलाई अमेरिकी निर्यात एवं प्रतिबन्ध कानूनको उल्लंघन गरेको आरोपमा गिरफ्तार गरिएको अनुमान गरिएको छ ।

ह्वावेले पनि उनको गिरफ्तारिको पुष्टि गरेको छ भने क्यानाडामा रहेको चीनको दूतावासले पनि यो गिरफ्तारीको विरोध गरेको छ ।

स्रोत

easy care

प्रकाशित: २० मंसिर २०७५, बिहीबार