Technology Khabar १८ मंसिर २०७५, मंगलवार
काठमाडौं ।
काठमाडौं । प्रयोगकर्ताहरुले गरेको प्रश्नको जवाफ दिने लोकप्रिय वेबसाइट ‘क्वोरा (Quora)’ मा साइबर आक्रमण भएको छ । कम्पनीकाअनुसार कुनै खतरनाक तेस्रो पक्षियले त्यसको सिस्टममा अनधिकृतरुपमा पहुँच बनाएर करिब १० करोड प्रयोगकर्ताहरुको डेटा चोरेको छ ।
क्वोराका को फाउण्डर तथा सिईओ एडम डि एंजेलले पोष्ट लेखेर सो साइबर आक्रमको बारेमा जानकारी दिएका हुन् । सो विषयमा जाँच शुरु भएको र आन्तरिक सिक्योरिटी टिमले यो विषयमा काम गरिरहेको उनले बताएका छन् । त्यस्तै एक डिजिटल फरेन्सिक र सिक्योरिटी कम्पनीको पनि सहयोग लिईएको बताए ।
क्वोराकाअनुसार जसको एकाउन्टको सूचनाहरु चोरी भएको छ, त्यसमा प्रयोगकर्ताहरुको नाम, ईमेल ठेगाना, इन्क्रिप्टेड पासवर्ड र लिंक्ड नेटवक्र्स, ईम्पोर्ट गरिएको डेटालगायत छन् । साथै ह्याकरहरुले केहि पब्लिक कन्टेन्ट र आन्सर, अपबोट्स, कमेन्टस र क्वेश्चनहरुमा पनि एक्सेस पाएका थिए ।
कम्पनीकाअनुसार ह्याकबाट प्रभावित सबै यूजर्स एकाउन्टहरु लग आउट गरिरहेको छ । जसले यसभन्दा धेरै क्षति नपुगोस भनेर ।
कम्पनीले क्वोरा प्रयोगकर्ताहरुलाई सुरक्षित हुनका लागि आफ्नो पासवर्ड परिवर्तन गर्नको लागि भनेको छ । साथै यदि यूजर्सले आफ्नो अकाउन्ट डिलिट गर्न चाहन्छन भने आफ्नो अकाउन्ट प्राइभेसी सेटिंग्समा गएर ‘डिलिट अकाउन्ट’ को विकल्प छान्न सक्नेछन् । यहाँ साइटले तपाइँँसँग कन्फर्म गर्नको लागि तपाईले प्रयोग गरिरहेको पासवर्ड माग्दछ ।
यदि तपाईँले गूगल वा फेसबुक प्लग इनको माध्यमबाट आफ्नो अकाउन्ट बनाउनु भएको छ भने तपाईँले ‘चेन्ज पासवर्ड’मा गएर एउटा पासवर्ड जेनेरेट गर्नुपर्दछ र त्यसपछि ‘क्रिएट एन अकाउन्ट पासवर्ड’ मा क्लिक गर्नुहोस् ।
यति गरेपछि तपाईँको क्वोरा अकाउन्ट १४ दिनपछि डिलिट हुनेछ तर फेरी लग इन गरेमा अकाउन्ट पुन रिएक्टिभेट हुनेछ ।
प्रकाशित: १८ मंसिर २०७५, मंगलवार