Technology Khabar १७ मंसिर २०७५, सोमबार
काठमाडौं ।
काठमाडौं । गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले ३ वटा नयाँ वूफर बजारमा ल्याएको छ । नयाँ सार्बजनिक गरिएका मोडलहरू १७ सीएमपीएस, १९सीएमपीएल र १८ सीएमपीएल हुन् ।
सबै मोडलहरू नवीनतम प्रविधिका साथमा छन्, जसमा एलईडी डिस्प्ले, ब्लुटुथ र फुलफंक्शन रिमोट कंट्रोल समावेश गरिएको कम्पनीले जानकारी दिएको छ ।
पहिलो मोडल, १७ सीएमपीएस ब्ल्याक कलरमा उपलब्ध छ र आरएमएस २०x२ वाटको साउन्ड आउटपुट सहित यूएसबी, एलईडी डिस्प्ले, डिजिटल रेडियो, ब्लुटुथ र फुलफंक्शन रिमोट कंट्रोल जस्ता अतिरिक्त सुविधाहरू छन् ।
अर्को १९ सीएमपीएल ब्ल्याक कलरमा उपलब्ध छ । यसमा आरएमएस ४०x५ वाट साउन्ड आउटपुट, यूएसबीपोर्ट, एलईडी डिस्प्ले, डिजिटल रेडियो, ब्लुटुथ र फुलफंक्शन रिमोट कंट्रोल रहेको छ ।
त्यसैगरि १८ सीएमपीएल जसमा आरएमएस आरएमएस ४०x५ वाट साउन्ड आउटपुट सहित यूएसबीपोर्ट, एलईडी डिस्प्ले, डिजिटल रेडियो, ब्लुटुथ र फुलफंक्शन रिमोट कंट्रोल रहेको कम्पनीले जनाएको छ ।
प्रकाशित: १७ मंसिर २०७५, सोमबार