Technology Khabar १७ मंसिर २०७५, सोमबार
काठमाडौं ।
काठमाडौं । नुविया स्मार्टफोनले ‘तपाई ६ जीबी चलाउन तयार हुनुहुन्छ ?’ नामक अभियानको शुरुवात गरेको छ ।
यस अभियान अन्र्तगत नुवियाले आफ्नो जेड सिरिजमा जेड १७ लाइट Z 17 Lite थप गरी बजारमा उपलब्ध गराउनुको साथै आकर्षक मूल्य भएका नुविया स्मार्टफोनका दुईवटा मोडलहरु जेड १७ लाइट र जेड १७ मिनी एस Z 17 Mini S मा ६ जीबी र्याम र ६४ जीबी आन्तरिक स्टोरेज उपलब्ध गराएको छ ।
नुविया स्मार्टफोनले आफ्ना मोबाइलहरुमा निरन्तर रुपमा नयाँ नयाँ सुविधा थप गर्दै उत्कृष्ट निर्माणलाई कायम राखेको छ ।
तपाईका हरेक क्षणहरुलाई परफेक्ट तरिकाले खिच्नका लागि जेड १७ मिनी एसमा ४ वटा क्यामेरा रहेका छन् भने जेड १७ लाइटमा १३ मेगापिक्सेलको रियर क्यामरा र १६ मेगापिक्सेलको फ्रन्ट क्यामराहरु रहेका छन् ।
यस अभियानमा राखिने जेड १७ लाइटको मुल्य २८ हजार ५०० रुपैयाँ र जेड १७ मिनी एसको मुल्य २९ हजार ५०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
प्रकाशित: १७ मंसिर २०७५, सोमबार