धौलागिरी यातायातद्धारा अनलाईन टिकटिङ सेवा शुरु, यात्रुले काउन्टरमा धाउन नपर्ने

Technology Khabar १६ मंसिर २०७५, आईतवार

धौलागिरी यातायातद्धारा अनलाईन टिकटिङ सेवा शुरु, यात्रुले काउन्टरमा धाउन नपर्ने

काठमाडौं ।

काठमाडौ । प्रदेश नं.४ स्थित धौलागिरी यातायात समितिका टिकट अबदेखि अनलाईनबाट काट्न सकिने भएको छ ।

धौलागिरी यातायातको शनिबार बाग्लुङ बजारमा भएको २० औँ साधारण सभाले अनलाइनबाट टिकट विक्री गर्ने प्रस्ताव पारित गरेको हो । योसँगै अबदेखि पोखरा, पर्वत, बाग्लुङ तथा मुस्ताङसम्म जाने यात्रुहरूले अनलाईनबाटै टिकट काट्न सक्नेछन् ।

धौलागिरी यातायातले नेपालको एकमात्र अनलाइन बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकट विक्री सुरू गरेको हो ।

साधारण सभामा बोल्दै संस्थाका अध्यक्ष उमेश केसीले यातायात क्षेत्रलाई प्रविधि मैत्री बनाएर यात्रुलाई थप सुविधा दिने उदेश्यले अनलाइन टिकटिङ सुरू गरेको बताए ।

‘यात्रायात क्षेत्रलाई पनि अब प्रविधीमैत्री बनाएर यात्रुहरू आफ्नै मोबाईलबाट टिकट काटेर यात्रा गर्न सकुन् भन्ने हाम्रो चाहना हो । हामीले अनलाइन टिकटिङलाई थप व्यवस्थित् बनाउँदै अब सबै कुरालाई अटोमेशनमा लैजानेछौँ,’ उनले भने ।

यात्रुहरूले धौलागिरी यातायातको मोबाईल एप्स् तथा बससेवा डटकमबाट सहजै अनलाइन टिकट काट्न सक्नेछन् । त्यसैगरि इसेवा, आइएमइ पे, इप्रभु, इन्टरनेट तथा मोबाईल बैंकिङ, इनेट लगायतका पेमेन्ट गेटवेबाट समेत टिकट काट्न सकिने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १६ मंसिर २०७५, आईतवार