नेपाल टेलिकमको भ्वाइस तथा डाटा सेवामा दिउँसो किन भयो समस्या ? यस्तो छ कारण

Technology Khabar १६ मंसिर २०७५, आईतवार

नेपाल टेलिकमको भ्वाइस तथा डाटा सेवामा दिउँसो किन भयो समस्या ? यस्तो छ कारण
फाइल

काठमाडौं ।

काठमाडौं । पछिल्लो समय पटक पटक नेपाल टेलिकमको सेवामा समस्या रहेको गुनासो आईरहेको बेलामा फेरी टेलिकमको भ्वाइस तथा डाटामा समस्या आएको छ । आइतवार दिउँसो अधिकांश फोनहरु नलाग्ने तथा डाटा नचल्ने हुँदा ग्राहकहरु आफैं समस्यामा परे ।

टेलिकमको सेवामा फोन नलाग्ने, लागे पनि राम्रो नसुनिने, र नो नेटवर्कको सिग्नल देखाउने समस्या देखियो ।

सुन्धारा क्षेत्रमा फाइबर काटिँदा सो समस्या आएको र हाल सो समस्या समाधान भईसकेको नेपाल टेलिकमका सह प्रवक्ता सोभन अधिकारीले जानकारी दिए ।

‘आज दिउँसो सुन्धारा साइटको फाइबर काटिएपछि एकैपटक भ्वाइस र डाटा सेवामा समस्या आयो, हाम्रा प्राविधिकहरुले नयाँ फाइबर राखेर लाइनलाई रिस्टोर गरेर त्यसलाई समाधान गरे,’ उनले भने ।

उनकाअनुसार सुन्धाराको फाइबर काटिँदा अर्को रुटबाट एकैपटक ट्राफिक बढ्दा टेलिकमको सेवामा समस्या देखिएको हो । बेलुकी ५ बजेपछि सो समस्या समाधान भईसकेको र प्राविधिकहरुले सो विषयमा अध्ययन भईरहेको उनले बताए ।

यसअघि पनि टेलिकमको सेवामा पटक पटक समस्याहरु आईरहेको र व्यवस्थापनले ध्यान नदिँदा कम्पनीको साख नै गुम्नसक्ने भन्दै टेलिकमको आधिकारिक यूनियनले प्रबन्ध निर्देशकलाई ध्यानाकर्षण गराएको थियो ।

Global Bank
easy care

प्रकाशित: १६ मंसिर २०७५, आईतवार

ताजा समाचार