भीभोको नयाँ फ्ल्यागशिप स्मार्टफोनमा दुईवटा स्क्रीन हुने, रियर क्यामराबाट नै सेल्फी लिन सकिने

Technology Khabar १६ मंसिर २०७५, आईतवार

भीभोको नयाँ फ्ल्यागशिप स्मार्टफोनमा दुईवटा स्क्रीन हुने, रियर क्यामराबाट नै सेल्फी लिन सकिने
Global IME Bank

काठमाडौं ।

काठमाडौं । स्मार्टफोन मेकर कम्पनी भीभोले आगामी महिना नयाँ फ्ल्यागशिप स्मार्टफोन लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले जसलाई भीभो नेक्स २ (Vivo Nex2) को नाममा सार्वजनिक गर्न सक्नेछ ।

यो नयाँ फोनको बारेमा केहि रिपोर्टहरु आएका छन् । जसअनुसार कम्पनीले नेक्स २ मा दुईवटा स्क्रीन उपलब्ध गराउनेछ ।

वेबोमा आएको रिपोर्टअनुसार यसमा फ्रन्ट क्यामरा हुनेछैन र रियर क्यामराबाट नै सेल्फी लिन सकिनेछ । सेल्फी खिच्नका लागि फोनलाई फ्लिप गर्नुपर्ने हुन्छ । त्यसैगरि यसको सेकेण्ड स्क्रीनमा गोलो आकारको आरजीबी एलईडी हुनेछ जसलाई लुनार रिंग भनिएको छ ।

रिपोर्टकाअनुसार भीभोको यो स्मार्टफोनको फ्रन्ट प्यानलमा फुल स्क्रीन डिस्प्ले राखिनेछ । यसको अर्थ यसमा नोच वा बेजेल हुनेछैन् । त्यस्तै रियर प्यानलमा ट्रिपल क्यामराको तल अर्को डिस्प्ले हुनेछ ।

भीभोले ल्याउने नयाँ स्मार्टफोनको बारेमा धेरै जानकारी छैन तर पनि यसको डिजाइन यसअघि आएको नूबिया एक्स स्मार्टफोन जस्तै डिजाइनमा आउने छ ।

नुबिया एक्समा पनि फ्रन्ट क्यामरा छैन र रियर क्यामराको प्रयोगबार्ट नै सेल्फी लिन सकिन्छ । भीभो नेक्स २ फोनमा पनि यस्तै किसिमको कन्सेप्ट हुने अनुमान गरिएकोछ ।

Sajilo Visa

प्रकाशित: १६ मंसिर २०७५, आईतवार

तपाइको प्रतिक्रिया