Technology Khabar १६ मंसिर २०७५, आईतवार
काठमाडौं ।
काठमाडौं । चिनियाँ कम्पनी लिंकश्योरले विश्वभर निशुल्क वाईफाई दिने गरि स्याटेलाइट लन्च गर्ने भएको छ । कम्पनीले विश्वमा पहिलो यस्तो स्याटेलाइट पठाउनेछ जसले विश्वभरका मानिसहरुले फ्रीमा वाईफाई सुविधा लिन सक्नेछन् ।
कम्पनीले आगामी वर्षमा चीनको जिउक्वान स्याटेलाइट लन्च सेन्टरबाट लन्च गरिने जानकारी दिएको छ । लिंकश्योरकाअनुसार सन् २०२० सम्ममा अन्तरिक्षमा यस्तो प्रकारको १० वटा स्याटेलाइट पुर्याईनेछ । त्यस्तै कम्पनीले सन् २०२६ सम्म यस्तो २७२ वटा स्याटेलाइट अन्तरिक्षमा लन्च गर्ने लक्ष्य राखेको छ ।
लिंकश्योरका सीईओ वांग जिंग्याईँगले उनको कम्पनीले यो परियोजनामा ३ बिलियन यूआनको लगानी गर्ने तयारी गरेको बताए ।
कम्पनीकाअनुसार यस्तो स्याटेलाइटबाट विश्वभर निशुल्क वाईफाई सेवा दिन सकिनेछ । कयौं स्थानहरु जहाँ टेलीकम नेटवर्क पुर्याउन कठिन वा असंभव छ, जसको कारण मानिसहरु त्यस्ता स्थानमा इन्टरनेट प्रयोग गर्न सक्दैनन् । यस्ता स्थानहरुमा पनि यो स्याटेलाइटको सहयोगबाट फ्री वाईफाई प्रयोग गर्न सकिनेछ । यस्तो स्याटेलाइटबाट तपाईँले आफ्नो मोबाइल फोनको सहयोगबाट फ्री वाईफाई टेलीकम सेवा नपुगेको स्थानमा पनि प्रयोग गर्न सक्ने कम्पनीले बताएको छ ।
यसअघि आएका मिडिया रिपोर्टहरुका अनुसार कयौं कम्पनीहरुले स्याटेलाइटको सहयोगबाट फ्री इन्टरनेट सुविधा दिने तयारीमा छन् । गूगल, स्पेस एक्स, वन वेब र टेलीस्याट जस्ता कयौं कम्पनी यस्तो योजनामा लागेका छन् ।
बैंक अफ अमेरिका मेरिल लिंचकाअनुसार सन् २०४५ सम्म विश्वको स्पेस उद्योगको बजार २.७ ट्रिलियन डलरसम्म पुग्नेछ ।
प्रकाशित: १६ मंसिर २०७५, आईतवार