ओपोले नेपालमा आर सिरिज ल्याउने तयारी, यस्ता छन् आर सिरिजका उत्पादनहरुको विशेषता

Technology Khabar १४ मंसिर २०७५, शुक्रबार

ओपोले नेपालमा आर सिरिज ल्याउने तयारी, यस्ता छन् आर सिरिजका उत्पादनहरुको विशेषता

काठमाडौं । नेपाली उपभोक्ताको माग र ईच्छा दृष्टिगत गर्दै ओपो नेपालले निकट भविष्यमा नै आफ्नो प्रिमियमआर सिरिज नेपाली बजारमा भित्राउने भएको छ ।

कम्पनीले छिटै नयाँ सिरिजको स्मार्टफोन ल्याउन लागेको हो । कम्पनीले आर सिरिज कहिले आउँछ भन्ने स्पष्ट नपारेपनि यो संभवत नयाँ वर्षको शुरुवातसँगै बजारमा आउने संभावना रहेको छ ।

ओपोको आर–सिरिजका उत्पादनहरुको विशेषताहरु के के छन भन्ने केहि जानकारी यहाँ दिँदैछौं ।

उत्पादनको लोकप्रियता

स्मार्टफोन उद्योगकै आकर्षक डिजाइन भएको तथा उत्कृष्ट फोटोग्राफी अनुभव दिने उत्पादनका रुपमा आर–सिरिज परिचित छ । साथै, आर सिरिजलाई विशेषगरी उपाभोक्ताको आवश्यकता र ईच्छालाई ध्यानमा राखेर निर्माण गरिएको फोनका रुपमा लिइन्छ ।

संक्षिप्त ईतिहास

मार्केट रिसर्च फर्म काउन्टर पोइण्ट एण्ड स्ट्र्याटिजी एनालिटिक्सका अनुसार ओपो आर–९ सन् २०१६को वैश्विक रुपमै सर्वाधिक विक्रि हुन सफल फोन हो । साथै सन् २०१७ को पहिलो त्रैमासमा ८९ लाख प्रति सिपमेण्टका साथ यसले विश्व बजारको ३ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको थियो । त्यसैगरी ओपो आर ११ सन् २०१७ कै बेस्ट सेलिङ एण्ड्रोइड फोन तथा आर १५ मोडल चिनमा सन् २०१८ को दोस्रो त्रैमासमा सर्वाधिक लोकप्रिय फोनका रुपमा रहन पनि सफल भएको कम्पनीको भनाई छ ।

प्रडक्ट फिलोसोफी

ओपो आर–सिरिजले मेटालिक कलर र ग्लास ग्राडियण्ट मार्फत उद्योगमै नयाँ क्रान्ति भित्रायो । स्मार्टफोन उद्योगमै सिल्भर, गोल्ड र रोज रंगकाफोन उत्पादन भइरहेका बेलाओपोले सन् २०१६मा मेटालिक रेड रंगमा आर९ को न्यू इयर एडिसन सार्वजनिक गरेको थियो । त्यसैगरी, आर११ बार्सिलोना एडिसनका रुपमा ओपोले मिक्स्ड रेड र ब्ल्यू मेटालिक रंगमा फोन सार्वजनिक गरेको थियो । साथै आर ११मा कम्पनीले हेर्दा निकै आकर्षक र बोक्दा निकै प्र¥याक्टिकल क्रेसेन्ट कभ्र्ड् डिजाइन पनि समाहित गर्यो । त्यसैगरी आर १५लाई कम्पनीले रुबी रेड र कस्मिक पर्पल ग्राडियण्ट रंगमा पनि उपलब्ध गरायो ।

फोटोग्राफीका सवालमा आर–सिरिजले मितब्ययी मूल्यमा उत्कृष्ट क्यामेरा क्षमता उपलब्ध गराउने कार्यलाई निरन्तर्ता दिएको छ । तस्विरलाई जीवन्तता दिने सोचका साथमा फुल स्क्रिन डिस्प्ले र सुपर फुल स्क्रिन जस्ता नयाँ फिचर पनि फोनमा उपलब्धगरियो । त्यसैगरी कलरओएस मार्फत फोनले गेस्चर अपरेशन र फुल स्क्रिन मल्टिटास्किङ जस्ता रमाइला अनुभवपनि प्रदान गरेको छ ।

हार्डवेयरका सवालमा पनि आर सिरिज निकै आकर्षक रहेको छ । आर१५ प्रोमा कम्पनीले अत्याधुनिक क्वालकम स्न्याप ड्र्यागन प्रोशेसरका साथै बृहत्त सञ्चय क्षमता रअदृतिय ब्याट्री लाइफ पनि समाहित गरेको छ । साथै, भोक फ्ल्याश चार्जिङ प्रविधिले फोनलाई तिब्र गतिमा चार्ज गर्दै फोनको निरन्तर प्रयोगमा सघाउ पु¥याउँछ ।

कम्पनीको नयाँआर–सिरिज फोन आर १७ मा कम्पनीले र्याडियन्ट मिस्ट डिजाइन, वाटरड्रप स्क्रिन र हिडन फिङ्गर प्रिन्ट अनलक, सुपरभोक फ्ल्याश चार्जका साथै एफ१.५/एफ२.४ स्मार्ट एपर्चर र टीओएफ थ्रीडी प्रविधि सहितको ट्राइ क्यामेरा कम्बिनेशन पनि उपलब्ध गरिएको छ

रियल, रिभोल्यूशन, रिफर्म

कम्पनीकाअनुसार आर सिरिजमा आरको अर्थ रियल, रिभोल्यूशन र रिफर्म तथा पूर्नजागरणको प्रक्रिया हो । क्रान्ति र पूर्नजागरण अपनाउँदै नयाँ सम्भावनातिर अग्रसर हुन सबैभन्दा पहिले आफू आफैसंग सच्चा र आत्मविश्वासी हुनु आवश्यक छ । भविष्यमा पनि ओपोले प्रयोगकर्तासंग सहकार्य गर्दै आर सिरिज मार्फत थप नयाँ नयाँ सम्भावना तथा प्रविधि पस्कँदै जाने उद्देश्य लिएको छ ।

प्रकाशित: १४ मंसिर २०७५, शुक्रबार

Comments are closed.

Loading...