ओप्पोले सन् २०१९ मा फोल्ड गर्न मिल्ने स्मार्टफोन ल्याउँदै, मोबाइल वर्ल्ड कंग्रेसमा प्रदर्शन गरिने

Technology Khabar १४ मंसिर २०७५, शुक्रबार

ओप्पोले सन् २०१९ मा फोल्ड गर्न मिल्ने स्मार्टफोन ल्याउँदै, मोबाइल वर्ल्ड कंग्रेसमा प्रदर्शन गरिने
NTC_Advt

काठमाडौं ।

काठमाडौं । ओपोले आगामी सन् २०१९ मा आयोजना हुने मोबाइल वल्र्ड कंग्रेसमा फोल्डेबल स्मार्टफोन प्रदर्शन गर्ने भएको छ ।

कम्पनीले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन मोबाइल वल्र्ड कंग्रेसमा ल्याउने छ । त्यसैगरि ओप्पोको पहिलो ५जी स्मार्टफोन सन् २०२० मा आउने बताईएको छ । यो जानकारी ओपोका प्रडक्ट म्यानेजर चूक वांगले सेन्झेन हेडक्वाटरमा पत्रकारहरुसँग कुरा गर्दै जानकारी दिएका हुन् ।

मोबाइल वल्र्ड कंग्रेस सन् २०१९ को फेब्रुअरीमा आयोजना हुँदैछ ।

सन् २०१९ मा विश्व बजारमा फोल्डेबल स्मार्टफोनले सबैको ध्यान आकर्षित गर्ने अनुमान गरिएको छ । यसअघि नै सामसंग, ह्वावे, एलजी, शाओमी लगायतका कम्पनीहरुले फोल्डेबल फोन बनाउन तयारी गरिसकेको विभिन्न रिपोर्टहरु आईसकेका छन् ।

प्रकाशित: १४ मंसिर २०७५, शुक्रबार