शाओमी एमआई ए २ प्रयोगकर्ताको लागि एन्ड्रोयड पाई अपडेट आयो, यसरी गर्नुस सजिलै अपडेट

Technology Khabar १३ मंसिर २०७५, बिहीबार

शाओमी एमआई ए २ प्रयोगकर्ताको लागि एन्ड्रोयड पाई अपडेट आयो, यसरी गर्नुस सजिलै अपडेट
Classic Tech

काठमाडौं । शाओमीले केहि समयअघि मात्रै नेपाली बजारमा सार्वजनिक गरेको एमआई ए २ स्मार्टफोनका प्रयोगकर्ताहरुको लागि खुशीको खबर आएको छ । एन्ड्रोयड वानमा आधारीत शाओमीको एमआई ए २ स्मार्टफोनको अपरेटिंग सिस्टम अब अपडेट गर्न पाईने भएको हो ।

शाओमीले सो स्मार्टफोनको लागि एन्ड्रोयड ९.० पाई स्टेबल अपडेट रोलआउट गर्न शुरु गरेको छ ।

यो जानकारी शाओमी इन्डियाका म्यानेजिंग डाइरेक्टर मनु कुमार जैनले ट्विटरमार्फत दिएका छन् ।

कम्पनीको आफ्नो आधिकारिक मी थ्रेडमा भनिएको छ की एमआई ए २ का लागि अपडेट ओटिएको माध्यमबाट उपलब्ध हुनेछ । लेटेस्ट अपडेटको सहयोगबाट यूजर्सले एडेप्टिभ ब्याट्रीको फीचर प्रयोग गर्न सक्नेछन साथै एप्सले गर्ने ब्याट्रीको खपत पनि कम हुनेछ ।

यो अपडेटको सहयोगबाट एप एक्शन, स्लाइसेस लाई पनि समावेश गर्न सकिनेछ । जून फेभरेट एप्स र डिजिटल वेलबिंगको फीचरहरु हुन् । त्यसैगरि पोनमा नेभिगेशन बटनको पनि सुविधा उपलब्ध हुन्छ, जसलाई एप्सको बीचमा स्वीच गर्न सकिनेछ भने बटनको स्थानमा जेस्चरको पनि प्रयोग गर्न सकिनेछ ।

शाओमीले एन्ड्रोयड ९.० पाई अपडेट यहि क्रिशमसअगाडि सबै प्रयोगकर्ताहरुका लागि उपलब्ध गराउने दाबी गरेको छ । नेपाली उपभोक्ताहरुले पनि यो अपडेट गर्न सक्नेछन् ।

कसरी गर्ने अपडेट

त्यसको लागि एमआई ए २ स्मार्टफोनको सेटिंगमा गएर त्यसभित्र रहेको सिस्टममा ट्याप गरेर सिस्टम अपडेटमा फेरी ट्याप गर्नुपर्ने हुन्छ ।

त्यहाँ तपाईँको स्मार्टफोनका लागि नयाँ अपरेटिंग सिस्टम अपडेटका लागि उपलब्ध छ वा छैन भन्ने जानकारी आउनेछ । यदि उपलब्ध छ भने सिधै क्लिक गरेर डाउनलोड गर्न सकिनेछ ।

त्यसको लागि तपाईँको स्मार्टफोनमा आवश्यक ब्याट्री पावर र इन्टरनेटमा जोडिएको हुनुपर्नेछ ।

यो अपडेट नेपालमा पनि उपलब्ध भएको अनुमान छ तर हालसम्म यो कसैले अपडेट गरेको जानकारी छैन् । यदि तपाईँले एन्ड्रोयड ९.० पाई अपडेट गर्नुभएको छ भने हामीलाई पनि जानकारी गराउन सक्नुहुन्छ ।

TK Viber

प्रकाशित: १३ मंसिर २०७५, बिहीबार

Loading...