Technology Khabar १३ मंसिर २०७५, बिहीबार
काठमाडौं ।
काठमाडौं । रेनोको लागि नेपालको आधिकारी वितरक एड्भान्स अटो मोवाइल कम्पनी प्रा.ली.ले नेपालमा २५ सय वटा रेनो गाडि बिक्री गरेको छ ।
कम्पनीले बिहिबार २५०० औं ग्राहक मनाएको छ । रेनो इंडियाका उपाध्यक्ष थोमस डबरुएलले कारको साँचो ग्राहकहरूलाई हस्तान्तरण गरे ।
रेनोको कारको मोडल रेनो डस्टर, रेनो क्याप्चर र रेनो क्विड रहेका छन् । सो अवसरमा डबरुएलले रेनोले बजारमा आफ्नो स्थिति र बाजार साझेदारीलाई अझ बलियो बनाउने बताए । ‘रेनोले नेपाली ग्राहकहरूलाई सस्तो मूल्यमा उत्तम प्राविधिक उत्पादन र इन्नोभेटिभ डिजाइनहरू नेपाली बजारमा पस्किरहने छौँ, उनले भने ।
बहुराष्ट्रिय फ्रेन्च अटोमोबाइल कम्पनी रेनोले सन् २०१६ नेपालमा आएको हो । नेपाली अटोमोबाइल बजारमा शीर्ष तीन कार ब्रान्ड मध्ये एक भएको कम्पनीले दाबी गरेकोछ ।
प्रकाशित: १३ मंसिर २०७५, बिहीबार