ह्वावेले इन्फिनिटी ओ डिस्प्लेसहितको स्मार्टफोन डिसेम्बरमा ल्याउने

Technology Khabar १३ मंसिर २०७५, बिहीबार

ह्वावेले इन्फिनिटी ओ डिस्प्लेसहितको स्मार्टफोन डिसेम्बरमा ल्याउने

काठमाडौं । पछिल्लो दिनमा चर्चामा रहेको स्मार्टफोनको नयाँ डिस्प्ले डिजाइनमा ह्वावेले फोन ल्याउने भएको छ । चिनियाँ स्मार्टफोन मेकर ह्वावेले आगामी आउन लागेको स्मार्टफोनमा होल इन दि स्क्रिन डिजाइन प्रयोग गर्ने भएको छ ।

सो बारेमा हालै नयाँ पोष्टर लीक भएको छ जसमा ह्वावेको नयाँ डिस्प्लेको बारेमा देखाईएको छ । नयाँ डिजाइनको डिस्प्ले यहि डिसेम्बरमा लन्च हुनेछ । सो पोष्टरमा वान स्टेप फर्दर सि द फ्यूचर भन्ने नारा राखिएको छ ।

नयाँ पोष्टरको आधारमा हेर्दा इन्फिनिटी ओ फोन ल्याउने तयारी गरिरहेको सामसंगलाई ह्वावेले पछाडि पार्ने देखिएको छ ।

ह्वावेको नयाँ मिडरेन्जको स्मार्टफोन ह्वावे नोभा फोरको रेण्डर आईरहेको हुँदा संभवत सोहि स्मार्टफोनमा सो डिस्प्ले डिजाइन प्रयोग हुनसक्ने अनुमान गरिएको छ ।

माध्यम

 

TK Viber

प्रकाशित: १३ मंसिर २०७५, बिहीबार

Loading...